कृष्णपुर नगरपालिकामा लुकाएर राखिएको अवैध काठ बरामद

महेन्द्रनगर । कञ्चनपुरमा लुकाएर राखिएको अवैध काठ बरामद गरिएको छ । कृष्णपुर नगरपालिका ९ पिपरिया आमबागियाबाट अवैध काठ बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कर्याालय झलारीको टोलीले लुकाएर राखेको ६० क्युफिटका चार गोलिया बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उदय सिंह खडायतले जानकारी दिए । वरामद काठ डिभिजन बन कार्यालय पिपरियाको जिम्मा लगाइएको छ ।

सम्बन्धित

Comments are closed.