महेन्द्रनगर । पुर्व संविधानसभा सदस्य कृपाराम रानाले मुक्त कमलरीहरु शिक्षा, स्वास्थ्य र रोजगार प्राप्ती बाट वन्चित हुनु परेको बताउनु भएको छ । यसका लागि सरकार संग मुक्त कमलरीहरुले आफ्नो हक अधिकारका लागि लडनु पर्ने बताउनु भयो । आज मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको १२औं साधारणसभा तथा पाँचौ जिल्ला अधिबेशनको उदघाटन समारोह बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।प्रमुख अतिथीको आशनबाट बोल्दै उहाँले मुक्त कमलरीहरुले राजनितिमा पनि पहुँच बढाउनु पर्ने बताउनु भयो ।
सांसद शान्ता चौधरी पनि विगतमा कमलरी भएर काम गरेको स्मरण गराउदै अहिले निकै अगाडी बढि सकेको बताउनु भयो । मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सिता डंगौराको सभापतित्वमा सम्पन्न भएको अधिबेशनमा बिशिष्ट अतिथी भिमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा, मुक्त कमलरी विकास मञ्चकी केन्द्रिय सदस्य शान्ती चौधरी र कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्यामसिह चौधरी रहेका थिए ।
साधारणसभा तथा अधिबेशनमा संस्थाकी कोषाध्यक्ष सुनिता चौधरीले आ.व.२०७८–०७९ को रु. ३ लाख ४१ हजार ७५ रुपैया बराबरको आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी छिन् । यसै गरी ७ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । अध्यक्षमा सिता डगौरा, उपाध्यक्ष गौरी खुना, सचिव सुनिता राना, कोषध्यक्ष रिना चौधरी, सदस्यमा सुसिमता चौधरी, गिता चौधर,ि र लक्ष्मी राना चयन भएका छन् ।
Comments are closed.