महेन्द्रनगर । सल्यानमा जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । राप्ती राजमार्गको कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप डबल क्याब विहान साढे तीन बजे दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । जिपमा सवार ९ जना मध्ये १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन्। एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ।
Comments are closed.