महेन्द्रनगर बजार वरपरको फोहर उठेन, वातावरण नै दुर्गन्धित

महेन्द्रनगर । नेपाली हिन्दु धर्मालम्बीहरुको महान पर्व दशै घरघरमा आएको बेलामा सबैले आआफनो वरपर सरसफाई गर्ने, भएको फोहर उठाउने, नष्ट गर्ने, कार्य गरी सफा गरिरहेका छन् । तर महेन्द्रनगर बजारको वरपर भने सडक छेउछाउमा फोहर जताततै फालिएको अवस्थामा रहेको पाईएको छ ।
बिधुत लाईन, नगर पर्यटन विकास समिती कार्यालयको अगाडी र बसपार्क पछाडीको क्षेत्रमा प्लाष्टिक, फोहरहरु जतातही फालिएर दुर्गन्ध तथा कुरुप देखिएको छ । जस्लेगर्दा मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्ने स्थानियले गुनाशो गरेका छन् ।
नगरपालिकाको फोहर उठाउने गाडीले बजार क्षेत्रबाट मात्रै फोहर उठाउने गरेको तर बजार भन्दा बाहिर वरपरको एरियामा बढी फोहरहरु थुप्रिएर रहने र कसैले पनि फोहर उठाउने जिम्मा नलिएको भीमदत्त नगर पालिका ४ का दिनेश कठायतले बताए ।र्
नगरपालिकाले पनि कर मात्रै उठाउछ तर फोहर भने बजारको गल्लीबाट मात्रै उठाएर लैजान्छ’ उनले भने, ‘हाम्रो ठाँउमा फोहर उठाउने गाडी आउँदैन अनि सबैले सडक छेउछाउमा फोहर लगेर फालिदिन्छन’ । जस्ले गर्दा फोहर पनि बढने र दुर्गन्ध फैलिने समस्या भएको छ । हामीले आफनो वडाका जनप्रतिनिधीलाई पनि फोहर व्यवस्थापन गरिदिन आग्रह गरेपनि खासै सुनुवाई नभएको उनले गुनासो गरे ।
यस्तै गुनासो भीमदत्त नगरपालिका १८ तल्लो गोवरियाका मानबहादुर सावदको रहेको छ । नगरपालिकालाई बुझाउनुपर्ने सबै कर समयमै बुझाए पनि फोहर उठाउनका लागि गाडी एकदिन पनि नआएको गुनासो गरे । अधिकाँस स्थानियले फोहरलाई पोल्ने, कसैले खाल्डो बनाएर हाल्ने गरेको बताए । यसरी फोहरलाईपोल्दा वातावरण स्वास्थ्यमा पनि असर पर्ने भएकाले नगरपालिकाले सबै क्षेत्रमा फोहर उठाउनका लागि गाडीको व्यवस्था गरिदिन उनले आग्रह गरे ।
अहिले भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रबाट ७ सय घरधुरीको फोहर दैनिक ४ वटा गाडीबाट संकलन गरिहेको र मासिक रुपमा १५ सय उठाउने गरेको फोहर व्यवस्थापन संयोजक पूर्णबहादुर कुँवरले जानकारी दिएका छन् ।
आफुहरुसँग जनशक्तिको कमी भएको र त्यसरी सडकमा जताभावी फोहर नफालीदिन पनि उनले आग्रह गरेका छन् । महिनाको २ पटक बजार क्षेत्र भन्दा बाहिर गएर फोहर उठाउने गरेको भएपनि जनशक्तिको अभावले गर्दा समस्या भएको उनले बताए । कञ्चनपुरमा अहिले फोहर व्यवस्थापनमा ठुलो चुनौतीको रुपमा रहेको छ । बजार क्षेत्रबाट अहिले ५ देखी ६ टन बढी फोहर नगरपालिकाले दैनिक संकलन गरेर तिलकपुरको खोलामा खाल्डो बनाएर पुुर्ने र माथीबाट ग्राभेल हाल्ने गरेको उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.