महेन्द्रनगर । बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितलाइ कुटेको अभियोगमा त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी पक्राउ परेका छन् । अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसंंग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित सुनारले बताएका छन् ।
नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए ।
वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछी वड अध्यक्षलाइ सोधपुछका लागि जिल्लामा ल्याइसकेको र बाकी दुइ जना फरार रहको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताए ।
घटनाको बारेमा अनुसन्धान भइृरहेको प्रहरी प्रमुख थापाको भनाइ रहेको छ । घाइते सुनारको आँखा कान नाक र पीठ्युमा ठुलो चोट लागेको प्रहरी प्रमुख थापाको भनाइ रहेको छ ।
Comments are closed.