बैतडीका पुरुषको दार्चुलामा भिरबाट लडेर मृत्यु

महेन्द्रनगर । बैतडीका एक पुरुषको दार्चुलामा मृत्यु भएको छ । प्रहरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको हो ।
दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टीस्थित बाटोबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको मार्मा गाउँपालिका–६ पत्थरकाँडामा रहेको आफ्नी बुहारीको माइतीघर गइरहेका बेला लडेर मृत्यु भएको बताइएको छ ।

 

सम्बन्धित

Comments are closed.