कञ्चनपुरमा पसलै पिच्छे अखाद्य र म्याद गुज्रेका वस्तु फेला

अनुगमनमा क्रममा एक पसलबाट म्याद सकिएका चामलका बोरा बरामद गरिएको छ ।

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बजार अनुगमनलाई तिव्रता दिएको छ । अहिले चाडपर्व नजिकिदै गर्दा उपभोक्ताहरु मारमा नपरुन, ठगिनबाट जोगिनका लागि अनुगमन बढाएको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए ।

बजारमा अहिले पसलै पिच्छे प्रतिवन्धित, खान नमिल्ने र म्याद गुज्रेका खाद्यवस्तुहरु फेला परेकाले उपभोक्तहरुले सामान खरिद गर्दा म्याद नाघेको मिति तथा दररेट हेरेर मात्र खरिद गर्न उनले आग्रह गरेका छन् ।अनुगमनमा क्रममा एक पसलबाट म्याद सकिएका चामलका बोरा बरामद गरिएको छ । ओमशाई किराना पसलबाट २७ बोरा चामल बरामद गरेको हो । उक्त पसलमा म्याद सकिएका चामल सहितका खाद्य सामाग्री विक्रि वितरण भएको पाईएको छ ।चामलको बोरामा उत्पादन मिति नै नभेटिए पछि चामलको बोरा नियन्त्रणमा लिईएको सहायक प्रजिअ भण्डारीले बताए । ओमशाई किराना पसलका संचालक कैलास गुप्ताले भैरहवाबाट चामल ल्याएको बताए ।

उनले शिखर फुड्स प्रालिबाट भारतीय कम्पनीबाट उत्पादित चामलमा त्रुटि भएको स्वीकार गर्दै बिक्रिकर्तालाई उक्त चामलको रकम नदिने बताए । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बजारका अन्य पसलमा समेत म्याद गुज्रिएका समान भेटिएको र बरामद गरिरहेको बताए । ’चाडवाडका बेला खाद्य समाग्रीमा मिसावट, म्याद गुज्रिएका समान विक्रि वितरण भईरहेका छन, उनले भने, ’आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने चलखेल रोक्नका लागि समयमै अनुगमन गर्दै पसल संचालक होटल व्यावसायी व्यापारी सम्पूर्णलाई उपभोक्ताहरुलाई मार पर्नेगरी कारोवार नगरिदिन पनि उनले आग्रह गरे ।

प्रायः चाढपर्व नजिकिँदा र अन्य समयमा पनि जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिकाहरु र अन्य सरोकारवालाहरुले वजार अनुगमन गर्ने गरेका छन् । तर ति अनुगमन नियामकहरुले अनुगमनको क्रममा जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने, कर छल गर्ने, कालोवजारी गर्ने, प्रतिवन्धित सामाग्री वेचविखन गर्ने उपर कडा कानुनी कारवाही गर्न हिच्किचाएको देखिन्छ । र कतिपय समयमा अनुगमनवारे व्पायारीहरुलाई पुर्व सुचना दिने गरेको गुनासो पनि सुन्न पाईन्छ । जस्को कारण कालोवाजरी गर्ने, जनस्वास्थ्यमा खेलवाड लगायतका गैर कानुनी कार्य गर्नेहरुको मनोवल वढ्ने गरेको आमवुद्धिजिवी तथा नागरिक अगुवाहरुको गुनासो छ ।

सम्बन्धित

Comments are closed.