कैलालीमा माटो निकाल्ने क्रममा पुरिएर महिलाको मृत्यु

महेन्द्रनगर । कैलालीमा एक महिलाको मृत्यु भएको छ । माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको हो । जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको जिल्ला पहरी कार्यालय कैलालीले जनाएको छ ।
सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् । त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.