महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा किकेट प्रतियोगिताको आयोजना गरिएको छ । आर्दश युवा समाजको आयोजना एवं बेदकोट नगरपालिका र १ नम्बर वडाको सहयोगमा किकेट प्रतियोगिता आयोजना गरिएको हो बिहीबार पाँचौं आदर्श क्रिकेट कप २०७९ को बेदकोट नगर प्रमुख तथा उप–प्रमुख द्वारा उदघाटन गरी खेलको सुरुवात गरिएको छ ।
बेदकोट नगरपालिका हात्तीथलामा बेदकोट नगर हात्तिथलाको गौडी खेल मैदानमा बिहानदेखि प्रतियोगिता संचालन भएको हो । आर्दश युवा समाजका अध्यक्ष ज्ञानेश्वर प्रशाद जोशीले बेदकोट नगरको किकेट विकास र प्रतियोगिताबाट खेलटिम छनौटका लागि आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार बुधबारसम्मका १० टिम दर्ता भएका छन् ।
‘हामीले सबै वडाहरुमा सहभागिताका लागि आमन्त्रण गरिसकेका छौँ, ‘उनले भने, ‘हालसम्म १० टिम आएका छन, बाँकी पनि आउने अपेक्षा छ ।’ बिजेतालाई १ लाख १ सय र उपविजेतालाई ५० हजार ५०रुपैँया नगदका साथै ट्रफि, शिल्ड पुरस्कार वितरण गरिनेछ ।
नगर प्रमुख भोज बोहरा, उपप्रमुख तुलसी जोशी, वडाध्यक्ष रमेश सिह भण्डारी सहितका जनप्रतिनिधीलाई आमन्त्रण गरिएको छ । आर्दश युवा समाजका मुख्य व्यवस्थापक दल बहादुर धामी (अबिरल) ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनले आवश्यक सबै तयारी भईसकेको बताउदै, प्रतियोगिताबाट बेदकोट नगरको किकेट विकासमा टेवा पुग्ने बताए । टिभीमा क्रिकेट हेर्दै आएका दर्शकका लागि गाँउमै प्रतियोगिता आयोजना गर्न थालेपछि स्थानीय समेत उत्साहित भएका छन् ।
Comments are closed.