बडघर भलमन्साका लागि बजेटको व्यवस्था गरिदिन माग

महेन्द्रनगर । कञ्चपुरमा बडघर भलमन्सा समितीका लागि प्रत्येक आर्थिक वर्षमा बजेटको व्यवस्था गरिदिन माग गरिएको छ । बिहिवार शुक्लाफाँटा नगरपालिकामा पालिका स्तरिय बडघर भलमन्सा समितीका पदाधिकारीहरुको टोलीले नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना जोशी पन्त तथा प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टलाई भेटेर यस्तो बताएका हुन् ।
बडघर भलमन्सा संस्थालाई संस्थागत रुपमा परिचालन, संचालन गर्न प्रत्येक वर्षमा आर्थिक स्रोत व्यवस्थापन गरिदिन माग गरेको बडघर भलमन्सा सचिवालय व्यवस्थापन संयोजक हवल्दार चौधरीले जानकारी दिनुभएको छ । बडघर भलमन्सा संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको ऐन २०७८ नेपालको संविधान, आईएलव महासन्धी नम्वर १६९ आदिवाशीको अधिकार, संयुक्त राष्टिय संघिय घोषणापत्र २००७ स्थानिय सरकारसंचालन ऐन २०७४ लाई टेकेर बडघर भलमन्साकोहकहित हधिकार संरक्षण संचालनका लागि बजेको पहलगरिदिन जोडदार माग गरिएको शुक्लाफाँटा बडघर भलमन्सा नगर कार्य समितीका अध्यक्ष बचनसिंह रानाले बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले उक्त विषयमा कार्यपालिका वैठकमा छलफल गरि बजेटको व्यवस्थापन गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बडघर भलमन्सा सचिवालय व्यवस्थापन संयोजक हवल्दार चौधरी, बडघर भलमन्सा नगर कार्य समितीका अध्यक्ष बचनसिंह राना, उपाध्यक्ष लक्ष्मणप्रशाद चौधरी, नगर सचिव रतनलाल रानाकोसंयुक्त टोलीले भेटघाट गरी छलफल गरेका थिए ।

सम्बन्धित

Comments are closed.