शुक्रबारदेखि तिलाचौरमा रामलीला महोत्सव हुँदै

महेन्द्रनगर । शुक्रबारदेखि तिलाचौरमा रामलीला महोत्सव सुरु हुँदैछ । कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक रामलीला महोत्सव संचालन हुन लागेको हो । शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङगणमा भगवान राचन्द्रको जिवनमा आधारिक रामलीला महोत्सव संचालन हुन लागेको रामलीला संचालन मुल आयोजक समितिका अध्यक्ष भुपाल सिह विष्टले बताए ।
अध्यक्ष विष्टका अनुसार टेन्ट व्यवस्थापनदेखि कलाकार सबै क्षेत्रको आवश्यक तयारी पुरा भएको बताए । कञ्चनपुर रामलीला समिति र रामलीला संञ्चालन मुल आयोजक समितिको आयोजनामा रामलीला महोत्सव संचालन हुन लागेको हो ।
‘हामीले गाँउमा पहिलो रामलीला महोत्सव संचालन गर्न लागेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘सबै क्षेत्रको सहयोग आवश्यक छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालको प्रमुख आथित्यमा उद्घाटन गरिने बताए । रामलीला संचालन मुल आयोजक समितिका सचिव भगिरथ पाण्डेले सुदूरपश्चिमेलीको भाषा, धर्म, लोक संस्कृति संरक्षणका साथै समाजलाई सुसंस्कृत बनाउने उदेश्यले महोत्सव संचालन गर्न लागेको बताए । ‘आधुनिकतासंगै हाम्रो मुल धर्म संस्कृति संस्कार हराउँदै गएको छ, ‘उनले भने, ‘समाजिक मुल्य मान्यताका साथै पुर्बिय चिन्तनको विकास गराउँनुपर्छ ।’ रामलीला महोत्सवका निर्देशन तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा।भुपेन्द्र सिह विष्टले नेपाली तथा सुदूरपश्चिमेली भाषामा महोत्सव मञ्चन गरिने बताए । ‘हामीले महिला र पुरुषको भूमिकामा महिला÷पुरुष नै कलाकार तयार गरेका छौँ, ‘निर्देशक विष्टले भने, ‘यहाँ कुनै विभेद छैन ।’ रामलीला महोत्सवबाट सत्यको सदैव विजयी हुने मान्यतालाई पुष्टी गर्ने बताए ।
कञ्चनपुर रामलीला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले सुदूरपश्चिमेलीको मुल धर्म, लोक संस्कृति संस्कारको प्रर्बद्धन एव पंचार प्रसारसंगै आपसी भाईचाराको भावना जागृत गराउने उदेश्यका लागि महोत्सव आयोजना गरिएको बताए ।

सम्बन्धित

Comments are closed.