महेन्द्रनगर । बाजुरामा दलितलाई कुट्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाजुराको एक मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै कञ्चनपुरका टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो ।
त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।
घटनामा संलग्न वडाध्यक्षलाई नियन्त्रणमा लिइएको र फरार रहेका रंगलाल पाध्याय र विनोद अयडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडाध्यक्ष अयडीसहितको समूहले कानूनले बर्जित गरेका शब्द प्रयोग गरि कुटपिट तथा जातिय रुपमा विभेद गरेका थिए ।
नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न कन्चनपुरबाट बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडा अध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरी नगद ६० हजार नगद रुपैयाँसमेत लुटेको भन्दै पीडित सुनारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ । जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुनुपर्ने जिल्लाका दलित अगुवाले माग गरेका छन् ।
शुक्लाफाँटा खबर
5163 posts
सम्बन्धित