कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

महेन्द्रनगर । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–७ को हरैयाका ३२ वर्षीय विवेक महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

सम्बन्धित

Comments are closed.