महेन्द्रनगर । वेदकोट नगरपालिकामा ३ दिनमा २ सय बढी घरपालुवा जनावरलाई रेबिज विरुद्धको सुई लगाईएको छ । असोज १२ गतेदेखी सुरु भएको उक्त सिविरमा २ सय बढी कुकुर, बिरालो र बाँदरलाई रेबिज विरुद्धको सुई लगाईएको हो ।
रेबिज रोगबाट बच्नका लागि वेदकोट नगरपालिकाले ३ दिने सिविरको संचालन गरेर २ वटा बाँदर २ सय कुकुर र १० वटा बिरालोलाई निशुल्क रुपमा पालिका भित्र रहेका घरपालुवा जनावरलाई रेबिज विरुद्धको सुई लगाएको पशुसेवा शाखा प्रमुख भेटेरेनेरी अधिकृत तर्कराज भट्टले जानकारी दिनुभएको छ ।
कतिपय स्थानियहरुलाई आफुले पालेको जनावरहरुलाई रेबिज विरुद्धको सुई लगाउनुपर्दछ भनेर जानकारी नभएको अवस्थामा पालिकाले सुचना निकालेर बिभिन्न स्थानिय रेडियो,, पत्रपत्रिका लगायत सञ्चार माध्यमबाट जानकारी गराएर नै सिविर सञ्चालन गरेको उहाँले बताउनु भयो ।
रेविज विरुद्धको दिवस’को अवसर पारेर ३ दिन दैनिकरुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेविजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा पनि जानकारी आदान प्रदान गरिएको थियो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्ने उहाँले बताउनु भयो ।
बजारका चोकचोक गल्लीमा छाडा कुकुरहरु चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।
सरकारी स्वास्थ्य चौकीमा रेविज विरुद्धको खोप अनि रेविज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताका लागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।

सुजित रमेश सिनाल
407 posts
Comments are closed.