महेन्द्रनगर । वेदकोट नगरपालिकामा शान्तीसुरक्षा सुव्यवस्थित गर्न छलफल गरिएको छ । उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा र पहलमा नजिकिदै गएका चाडपर्वमा वेदकोट नगरपालिका भित्र सामाजिक सदभाव नबिगार्न, शान्तीसुरक्षा चुस्तदुरुस्त राख्नको लागि सरोकारवाला व्यक्तित्वहरुसंग छलफल गरिएको हो ।
चाडपर्वको बेलामा मादप पदार्थ सेवन गरेर झैझगडा गर्ने, चोरी लुटपाट, लागुऔषध दुव्र्यसनीको प्रयोग गरेर सामाजिक सुरक्षामा खलल पुय्राउने कार्यलाई रोक्नका लागि र आम जनतालाई शान्ती सुरक्षा प्रदान गर्नको लागि छलफल गरिएको उपप्रमुख तुलसी जोशीले बताउनु भयो ।
पालिकाले स्वयम उक्त कार्यको लागि बिभिन्न सरोकारवालाहरुको भुमिका के रहने भनेर नै छलफल चलाएको उहाँले बताउनुभयो । भविश्यमा गएर दुर्घटना हुनुभन्दा त्यसलाई रोक्ने बिधी अपनाउनका लागि सबै सामाजिक संघसंस्थाका प्रतिनिधी,सुरक्षा निकाय, कार्यपालिका सदस्यहरु, बजार प्रतिनिधी, सामाजिक अभियन्ता लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।आफनो क्षेत्रमा शान्ती सुरक्षा कायम राख्नका लागी सुरक्षा निकाय पालिकाले साथ दिएमा सबैको हातेमालो भएमा सबैले यसकार्यमा लागेर शान्ती सुव्यवस्था कायम गर्नुपर्ने सहभागिहरुले जोड दिएका छन् ।
Comments are closed.