महेन्द्रनगर । कञ्चनपुरमा अबैध मदिरा नियन्त्रण गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दशैँ र तिहारमा अबैध मदिरा बिक्री वितरण गर्नको लागि समय व्यवस्थापन गरिएको छ ।
वडादशै र तिहारको समयमा समाजमा शान्ति सुरक्षा कायम राख्न र सामाजिक सदभाव बिग्रिन नदिन सहयोग पुयाउने उद्देश्यले कञ्चनपुर जिल्लाभरि दशैको अवधिमा महानवमीको असोज १८ गतेका साँझ ७ः०० बजेदेखि वडादशैका दिन आसोज १९ गते राति १२ः०० बजेसम्म मदिरा तथा मदिराजन्य पदार्थको बिक्री विवरण र सार्वजनिक स्थलमा सेवन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले जानकारी दिनुभएको छ ।
साथै,कार्तिकमा भाइटीकाको अघिल्लो दिन कार्तिक ९ गते साँझ ७ः०० बजेदेखि भाइटीकाको दिन १० गते राति १२ः०० बजे सम्म मदिरा तथा मदिराजन्य पदार्थको बिक्री विवरण र सार्वजनिक स्थलमा सेवन गर्न निषेध गर्ने र यो निर्णयको प्रभावकारी कार्यान्वयनको लागि व्यावसायी, उपभोक्ता, सामाजिक अभियन्ता समेतले आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह समेत गरिएको छ ।
चडपर्वमा मदिरा सेवन गरेर झैझगडा गर्ने, समुदायमा शान्ती बिथोल्ने, लुटपाट गर्ने लगायतका अबैधानिक क्रियाकलापहरुलाई कम गर्न र समुदायमा शान्ती सुव्यवस्था गर्नका लागि सबै क्षेत्रका स्थानिय सरोकारवाला निकाय, जनप्रतिनिधीहरु, लगायतले आआफनो क्षेत्रमा सक्रिय भुमिका निभाईदिन प्रमुख जिल्ला अधिकारी अर्यालले अपिल पनि गर्नु भएको छ ।

सुजित रमेश सिनाल
385 posts
Comments are closed.