महेन्द्रनगर । कञ्चनपुरमा डेँगुका बिरामी बढेपछि अस्पतालमा शैय्याको अभाव देखिएको छ । महाकाली प्रादेशिक अस्पतालमा अहिले डेँगुका बिरामीले गर्दा शैय्याको अभाव भएको अस्पतालले जनाएको छ । शुक्रवार वेदकोट नगरपालिका ७ का डिल्लीराज भट्ट आफुलाई चेक गर्न अस्पतालको पुगकोर डेँगु भएकोपुष्टि भएपछि अस्पतालमा भर्ना गरेर उपचार गरिनुपर्ने भएपनि शैय्याको अभावले उनलाई अस्पतालले घर जान भनेको उनले बताए ।
आर्थिकरुपमा विपन्न भट्ट केही घण्टा अस्पताल बाहिर नै कुरेर बसे,पछि शैय्याको व्यवस्थापन पश्चात मात्रै उनले उपचार पाएको बताए । अहिले अस्पतालमा डेँगु, ज्वरो रुघाखोकीका बिरामीहरु बढेसँगै शैय्याको अभाव भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले जानकारी दिएका छन् । अस्पतालमा अहिले जम्मा ५० देखी ५५ बेड रहेका जस्मा ईमेजेन्सी, गर्भवती, लगायतका अन्य बिरामीहरुलाई राखेर उपचार गरिरहेको र डेँगुका बिरामीको संख्यापनि बढदै गएपछि अस्पताललाई अहिले बिरामीहरुलाई राखेर उपचार गर्न समस्या भएको उनले बताए ।
सिमित रुपमा अहिले शैय्या रहेका छन् त्यस्मा पनि पहिला देखी उपचारत बिरामीहरु छन् उनिहरुलाई हटाएर नयाँ बिरामी राख्न नसकिने र आफुहरुले पनि अति ईमेरजेन्सी केसलाई मात्र अस्पतालमा राखेर निरानीमा राखेर नै उपचार गरिरहेको उनले बताए । अहिले डेँगुका लक्षण देखिएका धेरै केसहरु आउने गरेको भएपनि अति संवेदनसिल केसलाई मात्र अस्पतालमा राख्ने गरेको उनले जानकारी दिए ।
जिल्लामा अहिले डेँगुका बिरामीको संख्या कैलालीको भन्दा बढी देखिएको छ कैलालाीमा १ सय २४ वटा केस पुगेको छ भने, कञ्चनपुरमा शनिवार सम्ममा १ सय ४६ केस पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तर पनि अहिलेसम्म रोग नियन्त्रण तथा रोकथामका लागि काम भने धेरै भएको छैन् । हालसम्म लामखुट्टेको लार्भा खोज र नष्ट अभियान केही पालिकाले संचालन गरेपनि अहिले उक्त अभियान पनि शान्त भएको छ ।
‘महिला स्वास्थ्य स्वयम् सेविका मार्फत जनचेतना सम्बन्धी कार्यक्रम पनि भइरहेका छन’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलोरोग प्रमुख शिद्धराज भट्टले भने,‘तीन चोटी लार्भा मार्ने कार्य भइसकेको छ । पानी पर्दैन भने, अब लार्भा नष्ट गरिरहनु आवश्यक छैन ।’ उनले नगर क्षेत्रमा फाटफुट रुपमा मान्छेमा डेङ्गुको संक्रमण भइरहेको उल्लेख गरे । ‘नियन्त्रणका लागि हामीले विभिन्न माध्यमबाट प्रचारप्रसार पनि गरिरहेका छौं’, भट्टले भने ।
कोरोना महामारी नियन्त्रणका लागि कञ्चनपुरका स्थानीय तह तातेर लागेका थिए । तर, महामारीकै रुप लिएको डेङ्गुको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी रुपमा काम नगरेको सरोकारवालाको भनाई छ । रोग रोकथाम तथा नियन्त्रणका लागि पालिकास्तरमा प्रभावकारी रुपमा काम नहुँदा डेङ्गुको बिरामीका सङ्ख्या बढ्दै गएको छ ।
यो वर्ष डेङ्गुले महामारीकै रुप लिए पनि स्थानीय तहहरुमा रोकथामको कार्य भने गतविगतजस्तै भइरहेको छ । कतिपय स्थानीय तहले डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज तथा नष्ट’ अभियान सञ्चालन गरेका छन् । कतिपय स्थानीय तहमा त्यो कार्य पनि सुरु हुन सकेको छैन् ।
जिल्लामा हालसम्म सबैभन्दा बढी दोधाराचादनी नगरपालिकामा ४९ जना, महाकाली अस्पतालमा परिक्षण गराएका ४५ जना, प्राईभेट प्रयोगशालामा परिक्षण गरेका ११ जनामा डेङ्गुका बिरामी फेला परेका छन् । यस्तै, शुक्लाफाँटा नगरपालिकामा ६ जना, कृष्णपुर नगरपालिकामा ५ जना, पुर्नवास नगरपालिकामा १२ जना, बेलौरी नगरपालिकामा १० जना, लालझाडी गाँउपालिकामा र बेलडाँडी गाँउपालिकामा ३÷३ जनामा डेङ्गुका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलोरोग प्रमुख भट्टले जानकारी दिएका छन् ।
एडिस एजिप्टाई प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्ने गर्दछ । प्रयास भइरहे पनि डेङ्गु नियन्त्रणमा नआएको उनले बताए । ‘स्थानीय र प्रदेश सरकार नतातेसम्म यो रोग नियन्त्रणमा आउन सक्दैन’, उनले भने,‘परीक्षण किट, जनशक्ति अभाव छ । सबैको सहकार्यमामात्रै रोग नियन्त्रण सम्भव छ ।’ डेङ्गु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैलाई हातेमालो गरेर अगाडि बढ्न जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सुजित रमेश सिनाल
409 posts
Comments are closed.