महेन्द्रनगर । बारामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको हो । हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए। घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको उनले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ।
Comments are closed.