सुदूरपश्चिममा अझै एक हप्तासम्म वर्षा हुने सम्भावना

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना रहेको छ । बुधवार रातिदेखि लगातार वर्षा भइरहेको वर्षा एक हप्ता लम्बिने भएको हो । सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागहरूमा भइरहेको वर्षा अझै मध्यमदेखि भारी रूपमा एक हप्तासम्म हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशभर दसैँको समयमा मनसुन प्रणाली सक्रिय रहेकाले गत वर्ष झैँ यो वर्ष पनि प्रदेशमा पहाडी तथा तराई भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ । बिहीबार रातिदेखीको वर्षाले कैलालीमा भने अहिलेसम्म कुनै क्षति भएको छैन । यद्धपी कैलाली र कञ्चनपुरमा भारी बर्षा भइरहेकोले खुटीया, कान्द्रा, मोहना, सुहेली र चौधर लगायतका खोलाहरु र होचा डुवान हुने क्षेत्रमा एककासी बाढी आउन सक्ने भएकाले सबैमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कञ्चनपुर र कैलालीमा भारी वर्षा
शुक्रवार कैलाली र कञ्चनपुरका केही स्थानमा भारी वर्षा भएको छ । शुक्रबार पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा अहिले पनि रोकिएको छैन् ।
भारी वर्षाका कारणले दिउँसो १२ बजेसम्म साना तथा ठूला नदी र खोलाहरुमा बाढीको सम्भावना भएको सर्तकता अपनाउन आग्रह समेत गरिएको छ । खासगरी खुटिया, कान्द्रा, मोहना नदी, सुहेली, चौधर लगायतका साना खोलाहरुमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान पर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

सम्बन्धित

Comments are closed.