महेन्द्रनगर । कैलालीमा प्रहरीमाथि हातपात भएको छ । जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा हिजो (बुधबार) राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो ।
रात अबेरसम्म दसैंको रात्रिकालीन सांस्कृतिक कार्यक्रम बन्द गर्न भनेपछि स्थानीय र प्रहरीबीच झडप भएको बताइएको छ । जानकी गाउँपालिकाको लायकपुर शिविरमा जिल्ला प्रशासन कार्यालयको अनुमति बिना कार्यक्रम चलिरहेको थियो ।
प्रहरीले जवानमाथि कुटपिटको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिकास्थित वडा नम्बर ३ का लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरीलाई पक्राउ गरिएको हो । उनीहरुलाई समातेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत २ जना पहरी जवानमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार प्रहरी जवान जनक ठकुल्ला र एक जना अर्का (नाम नखुलेका) प्रहरी जवानमाथि हातपात तथा कुटपिट भएको हो ।

शुक्लाफाँटा खबर
5618 posts
Comments are closed.