महेन्द्रनगर । सुदूरपश्चिमका पहाडी ७ जिल्ला जोडने मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएपछि यातायात सेवा बन्द भएको जनाईएको छ । लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन् ।
Comments are closed.