जुम्ला पहिरोः मृत्यु हुनेको संख्या ७ पुग्यो

महेन्द्रनगर । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा २२ बर्षका रमेश शाही, रमेशकी पत्नी २२ बर्षकी पानसरा शाही, रमेशका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षकी विद्या शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले बताएका छन् ।घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । सरस्वतीको अवस्था गम्भीर छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दको टोली पुगेको छ ।

सम्बन्धित

Comments are closed.