आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

महेन्द्रनगर । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् ।

आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् । यस्तै, प्रदेश १ मा ३६ दलले ६६१ जना उमेदवारको बन्दसूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उमेदवार रहेका छन् । वाग्मती प्रदेशमा ४१ दलका ८२५ उमेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उमेदवार रहेका छन् ।त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उमेदवार रहेका छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उमेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।

सम्बन्धित

Comments are closed.