महेन्द्रनगर । निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी प्रशासनले कात्तिक पाँच गते भित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न हातियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रअनुसार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको हो ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सर्वसाधारणसित भएको हतियार प्रहरी प्रशासनमा बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यार्लले जानकारी दिए ।
शुक्लाफाँटा खबर
5093 posts
सम्बन्धित