बाजुरामा युवक मृत फेला

महेन्द्रनगर । बाजुरामा एक युवक मृत फेला परेका छन् । स्थानिय सिगाडी खोलामा एक युवक मृत भेटिएका हुन् । बुढीनन्दा नगरपालिका ८ पाण्डुसैन बस्ने ४३ वर्षीय मदन बोहरा सोही नगरपालिका वडा नम्बर ७ स्थित सिगाडी खोलामा मृत भेटिएका हुन् ।
शनिबार उनी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। गत शुक्रबार आफ्नै अर्को घर जान्छु भनी गएका उनी सम्पर्कमा नआएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.