महेन्द्रनगर । लगातार परिरहेको वर्षाले दार्चुला गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबांजस्थित गोकुलेश्वर दार्चुला सडकखण्डमा पहिरो गएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक खुलाउन प्रयास भइरहेको बताइएको छ।
Comments are closed.