दोधारा चाँदनीमा तटिय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

महेन्द्रनगर । बिहिवारदेखी परिरहेको लगातारको वर्षाले दोधारा चाँदनी नगरपालिकाले नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन आग्रह गरिएको छ् । दोधारा चाँदनी नगरपालिका बिपद् ब्यवस्थापन समितिको बसेको बैठकले बाढीको पुर्व तयारी संगै तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन आग्रह गरेको छ । आईतवार एक सुचना प्रकाशित गरि दोधारा चाँदनी नगरपालिका वडा नं. ८, ९ र १० वडा बाढीको उच्च जोखिममा रहेको हुदा जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र अपांगता भएका ब्यक्तीहरुलाई श्री अम्बिका माध्यमिक बिद्यालय आमभोजमा अस्थायी सुरक्षित आश्रयस्थल बनाईएको र जोखिममा रहेका ब्यक्तीहरुले आश्रयस्थलमा बस्न आग्रह गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.