महेन्द्रनगर । कर्णाली नदीले खतरा तह पार गरेको छ। अपराह्न ३ बजेर ४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको हो।
पानीको तह १० दशमलव ८ मिटर पुग्नु खतराको तह मानिने गेज रिडर पार्वती गुरुङले बताइन ।। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ बजे ९ दशमलव ४९ मिटर मापन गरिएको पानीको तह दिउँसो बढेर २ बजे १० दशमलव १७ मिटर मापन गरिएको थियो। बुधबारदेखिको निरन्तर वर्षाका कारण पानीको तह बढ्दै गइरहेको छ। अझै मंगलबारसम्म नै वर्षा हुने पूर्वानुमान मौसमविदको छ।
Comments are closed.