कञ्चनपुरमा २ क्विन्टल अबैध कुखुरा बरामद

महेन्द्रनगर। कञ्चनपुरमा भारतिय बजारबाट ल्याउदै गरेको २ क्विन्टल ब्रोईलर कुखुरा बरामद गरी नष्ट गरिएको छ । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले कुखुरा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको प्रहरी गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजको सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अवस्थामा २ क्विन्टल बोईलर कुखुरा बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

बरामद गरिएका कुखुराहरु स्थानिय जनप्रतिनिधीहरुको रहोबरमा नष्ट गरिएको छ । नेपाल सरकारले भारतबाट अबैधरुपमा भित्र्याउने मासु तथा मासुजन्य पदार्थमा रोक लगाएको छ। स्थानीय बासिन्दाका अनुसार ब्यापारीहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रबाट अवैध रुपमा भारतीय कुखुरा भित्र्याउने गर्दछन् । यसरी अबैधरुपमा कुखुराहरु भारतबाट भित्रिनाले स्थानिय किसानहरु मारमा परिरहेका छन् ।

सम्बन्धित

Comments are closed.