महेन्द्रनगर । कञ्चनपुरका युवक भारतबाट बेपत्ता भएका छन् । वेदकोट नगरपालिका–१ चम्फापुरका ४३ वर्षीय नरेन्द्रराज पनेरु बेपत्ता भएका हुन् । रोजगोरीको शिलशिलामा भारतको सिम्ला गएका पनेरु यही असोज ९ गतेबाट उनी बेपत्ता भएको उनका परिवारका सदस्यले जानकारी दिएका छन् ।
पनेरुकोे अवस्थाबारे १६ दिनसम्म पनि जानकारी नभएको उनका आफन्तले बताएका छन् । उनका आफन्तका अनुसार नरेन्द्र केही दिनपछि नेपाल फर्कने कुरा थियो । त्यसपछि उनी सम्पर्क विहिन भएर काम गर्ने ठाउँबाटै बेपत्ता भएका थिए । बेपत्ता भएका नरेन्द्रराजको खोजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएको उनका आफन्तले बताएका छन ।
Comments are closed.