दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण

महेन्द्रनगर । दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । महाकाली नगरपालिका, नौगाड गाउ“पालिका र लेकम गाउ“पालिकाका बाढी पिडितहरुलाई राहत वितरण गरिएको हो ।
सुदूरपश्चिमेली नेपाली समाज भारतको तर्फबाट प्राप्त एक लाख १५ हजार ६ सय ३ रुपैया र ५५ जना समाजसेवी र विभिन्न पेशाकर्मीको तर्फबाट संकलन भएको एक लाख तीन हजार ५ सय ७३ गरी कुल दुई लाख १९ हजार १ सय ७६ रुपैयाको ६९ वटा कम्बल खरिद गरेर हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नौगाड, लेकम र महाकालीका बाढीपहिरो बाट घर पूर्ण क्षति भएका पीडितहरुलाई राहत वितरण गरिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.