धनगढीमा मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु

महेन्द्रनगर । कैलालीमा मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउ का ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको हो ।
उनले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको, अनुहारमा चोट लागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए । उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको र चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनी डडेल्धुरास्थित महेन्द्र माविमा अध्यापन गराउँदै आएका थिए । उनको पहाड घर पनि डडेल्धुराको अमरगढी नगरपालिका भएको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.