बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु

महेन्द्रनगर । बैतडीमा छुटाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ स्थित सुर्नया नदीमा डुबेर पाटन १ जरौलीका ५३ वर्षिय नरबहादुर भट्टराईको मृत्यु भएको छ भने, खर काटने क्रममा दशरथचन्द नगरपालिका २ जेब्लाखानकी अन्दाजी ४५ बर्षिया लिला देवी बोहराको मुत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शुक्रबार विहान नदीमा नुहाउन गएका बेला भट्टराईको डुबेर मृत्यु भएको र मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। बोहराको खर काट्ने क्रममा सलेनी लोटे भिरबाट लडेर शुक्रबार पौनी १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.