कञ्चनपुरका सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीको सक्रिय भुमिका

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी लगायत अन्य सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीले अहम भुमिका निर्वाह गरेको छ । अहिले भारतबाट चाडपर्व मनाउन स्वदेश फर्किनेको भिड रहेको छ । र त्यही समयमा तस्करहरुले बिभिन्न अबैध सामग्रीहरु नेपाल भित्राउने योजनालाई निरुत्साहित गर्न अहिले शसस्त्र प्रहरीको टोली दिनरात खटिएको छ ।
सिमानाकाबाट अवैध विष्फोटक पदार्थ भित्रिन नदिन, अबैध सामग्री लगायतका प्रतिबन्धीत सामग्री भित्रिन नदिनका लागि शसस्त्र प्रहरीको टोलीले सक्रिय भुमिका निर्वाह गरेको शसस्त्र प्रहरी बल नेपाल नम्वर ३५ शैलेस्वरी गण हेडक्वाटर शसस्त्र प्रहरी उपरिक्षक एसपी अमर ऐरले बताएका छन् ।
यो समयमा तस्करहरुले अवैध सामान भित्राउने प्रतिबन्धित सामग्रीहरु पनि ल्याउने भएकाले अहिले गड्डाचौकी सिमानाकामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा चेकजाँच गरिरहेको उनले जानकारी दिए । बिहान देखी राती सम्म अन्य सिमानाकामा पनि शसस्त्र प्रहरीको टोलीले खटिएर काम गरिरहेको र शान्तीसुरक्षा कायमको साथै अबैध सामाग्रीलाई भित्रीन नदिन पूर्णरुपमा लागि परेको एसपी ऐरले बताए ।र्
अहिले कस्तो भएको छ भने हामीले जती पनि अबैध सामान अथवा प्रतिबन्धित सामग्रीहरु प्राप्त गर्छौ त्यसको फोटो खिचेर माथिल्लो निकायमा पठाउनु पर्ने हुन्छ‘ उनले भने, अहिले सिमानाकामा हुने गरेका छली, अबैध सामान भित्रिने लगायतलाई हामीले सम्बन्धित निकायमा बुझाएर आफनो कर्तव्य पुरा गरिरहेका छौ । आफनो जिम्मेवारी भनेको अबैध सामान व्यक्तिहरुलाई समातेरनेपाल प्रहरी तथा भन्सार कार्यालयमा बुझाउनु पर्ने भएकाले यसैमा सबै शसस्त्र प्रहरीलाई आफनो कर्तव्यमा रहेर काम गर्न निर्देशन गरेको उनले बताए ।
अहिले चाडपर्वको बेलामा स्थानिय जनताहरु भरतको बनवाशामा गएर घरायसी सामानहरु ल्याउने गरेकाले आफुहरुले घरायससी सामानहरुलाई व्यवहारिक्त का हिशावले सानोसानो सामानलाई नरोक्ने जान दिएको तर ठुलाठुला सामानहरुलाई भने नियम अनुसार भन्सार बुझाएर जान दिएको उनले बताए ।
यसैगरी, आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको चुनावलाई मध्येनजर गर्दै शान्ती सुरक्षा व्यवस्थापन कायम गर्नका लागी पनि शसस्त्र प्रहरीले आफनो तैयारी थालनी गरेको छ । डिएसपीको कमाण्डमा निर्वाचन क्षेत्र सुरक्षा बेस भनेर ३ वटा, जस्मा १५ जना शसस्त्र प्रहरीको टोली हुनेछन । त्यसपछि मोवाईल टोली जस्मा १० जनाको शसस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था रहेको एसपी ऐरले बताए ।
यो संगै,एरिया डोमिनेसन भनेर प्रत्येक बुथमा पनि ५ जनाको टोलीले सुरक्षा दिने र शान्ती व्यवस्थापन गरि सौहाद्र वातावरणमा चुनाव सम्पन्न गरिने उनले बताए । चुनावी समयमा केही दिनका लागि प्रत्येक विओपीमा १० जना शसस्त्र प्रहरीहरु लाई राखेर भएपनि चुनावलाई शान्ती रुपमा सम्पन्न गर्न आफु लागि परेको उनले बताए ।

सम्बन्धित

Comments are closed.