बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

महेन्द्रनगर । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । २३ वर्षीय करन बोहराले चनाएको सुपप्र ०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा अन्य २ जना घाइते भएका थिए ।
सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ डडेल्धुरा अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो । घटना थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.