महेन्द्रनगर । कञ्चनपुरमा बागेश्वरी असल शासन क्लब बास नेपालले अति विपन्नलाई आयआर्जनमा सहज होस भन्ने हेतुले आर्थिक सहयोग गरेको छ । बिभिन्न हिंसाबाट पिडित भएका महिलाहरु, एकल महिला, अनाथ बालबालिका, अपाङगता भएका महिला तथा पुरुषलाई आर्थिक सहयोग गरिएको हो । बागेश्वरी असल शासन क्लब नेपालगञ्ज (बास नेपाल) ले युनिसेफको आर्थिक सहयोग स्थानिय सामाजिक संस्था स्वीट नेपाल लगायतका बिभिन्न क्लबहरुको समन्वयमा आर्थिक सहयोग वितरण गरिएको छ ।
जिल्लामा रहेका ९ वटै पालिकामा रहेका विपन्न परिवार, घरायसी हिंसाबाट पिडित महिला, पुरुषबाट पिडित महिला, एकल महिला, अपाङगता भएका, अनाथ बालबालिका, बिधालय जानबाट बञ्चित भएका बालबालिकाहरु, तथा आर्थिक अभावले कापी किताब लगायतका बिधालय सामग्री नपाएका, बिधालय पोशाक नभएका बिधार्थी बालबालिकालाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरिएको बास नेपाल कञ्चनपुरका सामुदायिक मनोबिमर्शकर्ता संजु नेपालीले जानकारी दिईन् ।
यो आर्थिक वर्षमा जिल्लामा १ सय २२ जनालाई आर्थिक सहयोग गरिएको छ । महिलाहरुलाई उनिहरुले व्यापार व्यवसायी गरेर आफु र आफनोपरिवारालाईकेही भएपनि सहयोग गर्न र त्यहीबाट आफनो परिवारको पेट पाल्नको लागि सहज होस भन्ने उदेश्यले रकम सहयोग गरिएको उनले बताईन् ।
कतिपय बालबालिकाहरु अािर्थक अभावले अहिले बिधालय जान नपाएको अवस्थामा त्यस्ता बालबालिकाको पहिचान गरि वडाले गरेको सिफरिसको आधारमा ति बालबालिकालाई कापी किताब बिधालय पोशाक क्निनका लागि आर्थिक सहयोग गरिएको हो । साथै, बालबालिकालाई बिधालय गएर शिक्षा आर्जन गर्नका लागि रकम सहयोग गरिएको उनले बताईन् । यस्मा पनि कतिपय बालबालिकाले दुबै आँखा नदेख्ने, हिँडडुल गर्न नस्कने, रकमको अभावले शिक्षाबाट बञ्चित हुनुपर्ने समस्या भएपछि हामिले पालिकामा रहेका वडा कार्यालयसँय समन्वय गरेर उनिहरु वास्तविक पिडित हो वा होईन भनेर छलफल पश्चात मात्रै आर्थिक सहयोग गर्ने गरेको बास नेपालका सामुदायिक मनोबिमर्शकर्ता नेपालीले बताईन् ।
यो संस्थालले अहिले सम्म यो आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका वडा नम्वर ७ मा संगम रजाली मगर, वडा नम्वर ८ मा बिरेन्द्र राना मगर, वडा नम्वर १० मा पवन सुनार, धरमविर सुनार, पुश्पा सुनारलाई जनही ५ हजार रकम सहयोग गरिएको छ । यसैगरी, भीमदत्त नगरपालिका वडा नम्वर १३ मा प्रेम धामी, बिरु ओखेडा, पुश्पा बोहरा, रामकुमारी राना, बुद्धी पहरी, वडा नम्वर ११ मा निखिल लुहार, कलशा चुनारा, राहुल सुनार, पुनम दमाईलाई आर्थिक सहयोग गरिएको छ ।
यस्तै, भीमदत्त नगरपालिका १५ मा बिन्दु चन्द, वडा नम्वर ७ मा पुर्णिमा दमाई, वडा नम्वर १० मा फुलमाया लुहार, किरन लुहार, राजेन्द्र लुहार,नमन लुहार, पुनम लुहार, खुशी लुहार, वडा नम्वर १४ मा दुर्गा खाती, जानकी भट्ट, मन्दरी खाती, र पार्वती विष्टलाई जनही ५ हजार रकम सहयोग गरिएको छ ।
आफुसंग बिधालय जानका लागि आर्थिक अभावसंगै घरमा पनि राम्रो अवस्था नभएपछि पढाई छोडनुपर्ने अवस्था रहेको बेलामा यो आर्थिक सहयोगले अहिले राहत दिएको र कापी किताब किनेर बिधालय पढनका लागि जाने भीमदत्त नगरपालिका १० की खुशी लुहारले बताईन् । बिधालयको पोशाक पनि नभएपछि बिधालय जान समस्या भएको उनले अब नियमित बिधालय पोशाक लगाएर बिधालय जाने बताईन् । यो आर्थिक सहयोग अन्य पालिकामा वडासँगको समन्वयमा पनि निरन्तर संचालन हुने बास नेपालका सामुदायिक मनोबिमर्शकर्ता नेपालीले बताईन् ।

सुजित रमेश सिनाल
391 posts
Comments are closed.