एनपी साउदः आरक्ष पीडितका समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य रहेको छ

महेन्द्रनगर । कञ्चनपुरमा रहेका आरक्ष पिडितहरुको समस्यालाई आफुले मात्रै समाधान गर्न सक्ने नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार एनपी साउँदले दाबी गरेका छन् । आरक्ष पीडितका समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य बनाएर नै यसपालीको प्रतिनिधी सभा चुनावमा आफनो उम्मेदवारी रहेको शुक्लाफाँटा एफएमको चर्चीत रेडियो कार्यक्रम समय सन्दर्भमा उनले बताए ।
उनले दुई तिहाइको सरकारले एउटा आरक्षपीडितलाई पाँच वर्षमा पुनर्स्थापना समेत गर्न नसकेको भन्दै अब आफू जनप्रतिनिधिमा निर्वाचित भए सो समस्या समाधान गर्ने दाबी गरे । कञ्चनपुरको क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार साउँदले सो क्षेत्रमा मुख्य समस्या आरक्ष पीडितको रहेकाले आफूले पनि यही समस्यालाई मुख्य एजेण्डा बनाएर अघि बढिरहेको बताए ।‘कञ्चनपुरको यो २ नम्बर क्षेत्र भनेको आरक्षसँग जोडिएको क्षेत्र हो ।
आरक्ष पीडितहरूका समस्या समाधान गर्नका लागि थुप्रै आयोगहरु बने । त्यसले समस्या समाधान गर्न सकेन,’ उनले भने, ‘दुई तिहाइको सरकारले एउटा आरक्ष पीडितलाई पाँच वर्षमा पुनस्थापना गर्न सकेन । अहिले आएर म चाहिँ एउटा स्पष्ट रूपमा घोषण पत्रमा लेखिरहेको छु । कि तपाईँहरूलाई घर र आवासको लागि जग्गा र बाँकी घर निमार्णको लागि र अन्य व्यवस्थाका लागि चाहिँ तपाईँहरूका लागि मुआब्जाका रूपमा सरकारबाट रकम उपलब्ध गराइनेछ भनेर म स्पट रूपमा उल्लेख गर्दैछु । म यही बमोजिम यो समस्यालाई समाधान गर्छु ।’
उनले आफू जनप्रतिनिधि भएको बेला १ देखि ५ कट्टा सम्म आरक्ष पीडितलाई उपलब्ध गराउने । जग्गा उपलब्ध गराउन नसकिएको ठाउँमा ५ लाख पैसा दिने भनेर पास गराएको भए पनि यो पाँच वर्षमा दुई तिहाइको सरकारले आरक्ष पीडितको सन्दर्भमा एक सिन्को समेत भाँच्न नसकेको बताए ।
आफु जनप्रतिनिधी भएको बेलामा ८० करोड रुपैयाँ निकासा गरेर १ देखि ५ कट्टासम्म आरक्ष पीडितहरूलाई जग्गा उपलब्ध गराउने, जग्गा उपलब्ध गराउन नसकिने ठाउँमा ५ लाख पैसा दिने भनेर सरकारको क्याबिनेटमा पास गराएर निर्णय गराएको बताए । अहिले भरखरै यो सरकारले यो समस्या समाधानका लागि कार्यदल बनाएको छ । त्यो कार्यदल समितिसँग हाम्रो अन्तकृया भइरहेको छ । छलफल भइरहेको छ । सरकारमा पनि हाम्रो कुरा चलिरहेको छ । त्यस कारण हामीले उनीहरूलाई आवासीय उपलब्धका लागि जग्गा,क्षतीपुर्तीमार्फत केही आर्थिक सुविधा पनि उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो ।’
उनले यस क्षेत्रका आरक्ष पीडितसंगै अन्य सीमान्तकृत जनताहरूलाई पनि व्यवस्थित गरेर अघि बढाउने आफ्नो लक्ष्य रहेको दाबी गरे । साथै दैजीछेला औद्योगिक क्षेत्रले तिव्रता पाउने, रोकिएका विकास निर्माणका कामले गति लिने बिस्वास व्यक्त गरे ।
‘नेपाली काँग्रेस प्रजातन्त्र, लोकतन्त्रमाथि विश्वास राख्ने पार्टी हो । हामी चाहिँ प्रजातन्त्रलाई एउटा चुनावी प्रक्रियाका रूपमा मात्र होइन आफ्नो जीवनपद्धतिका रूपमा समेत आत्मसाथ गरेका छौँ,’ उनले भने,‘त्यस कारण हामीले कुनै पनि हालतमा अस्वस्थ प्रतिस्पर्धा गर्दैनौ । क्षेत्र नम्बर २ का मतदाताको मर्यादामा स्खलन हुने उनीहरूको भावनामा चोट पुग्ने, उनीहरूले आफ्नो प्रतिनिधि देख्ने बित्तिकै यो प्रतिनिधि मेरो हो भनेर आत्म गौरव महुशुस हुन नसक्ने किसिमको परिस्थिति म यहाँ आउन दिने छैन । जहाँ सम्म मैले चाहिँ विकास निमार्णको कुरा यो वेला भयो त्यो वेला भएन भन्ने कुरा हो । जनस्तरमा सबैलाई थाहा छ । क्षेत्र नम्बर २ का नातालाई औसत भन्ने हो भने यहाँको विकास गर्ने पार्टी कुन हो । विकास गर्ने नेता कुन हो । कसको वेला के के विकास भयो, कसको वेला के के विकास भएन । त्यो पारदर्शी रूपमा जनताले महशुस गरेको कुरा हो ।’
यस पटक गठबन्धनकै साझा उम्मेदवार भएकाले अत्यधिक मतका साथ यहाँका जनताले विजयी गराउने आफू विश्वस्त रहेको बताए । अहिले कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि १० जनाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एनपी साउद र एमालेका नेता नरबहादुर धामी छन् ।
सुदूरपश्चिममा सबैले चासो पूर्वक हेरेको निर्वाचन क्षेत्रहरूमध्ये कञ्चनपुर क्षेत्र नम्बर २ पनि हो । काँग्रेसका हेभीवेट उम्मेदवार एनपी साउँद यस पटक पुरानो हारको बद्ला लिने तयारीमा छन् ।
अहिले कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि १० जनाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एनपी साउद र एमालेका नेता नरबहादुर धामी छन् ।
यसैगरी यस्तै क्षेत्र नं २ प्रदेश सभा ‘१’ का लागि नौ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । एमालेका तर्फबाट युवा सङ्घ नेपालका पूर्व अध्यक्ष बचनबहादुर सिंह र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ चुनावी मैदानमा छन् । यस्तै क्षेत्र नं २ को ‘२’ प्रदेश सभा सदस्यका लागि पनि नौ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । जसमा एमालेका तर्फबाट संविधान सभा सदस्य कृपाराम राना, नेकपा एकीकृत समाजवादीका तर्फबाट पूर्वप्रदेशमन्त्री लालबहादुर खड्का र गठबन्धनका तर्फबाट पूर्व सांसद बहादुर सिंह थापा चुनावी मैदानमा छन
अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा धामीले ३३ हजार दुई सय २० ल्याउँदा साउदले २४ हजार आठ सय ३९ मत पाएका थिए । गत स्थानीय तह निर्वाचनमा भने यो निर्वाचन क्षेत्रमा वडाहरूको मत जोड्दा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादीले १३ हजार चार सय ७८, समाजवादीले चार हजार ६ सय ६७, राप्रपाले ३ हजार सात सय ४६, अन्य दलले तीन हजार सात सय ८२ मत ल्याएका थिए ।
यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि १० जनाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद र पूर्वसांसद तथा एमालेका नेता नरबहादुर धामीसमेत प्रतिस्पर्र्धामा छन् । यसैगरी यस्तै क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का लागि नौ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.