होटलमा युवक मृतः शरिरमा घाउ चोटपटक छैन

महेन्द्रनगर । कञ्चनपुरको गल्ली नम्बर ४ मा रहेको रारा होटलमा मृत फेला परेका युवकको पोष्टमार्टम रिपोर्टमा शरिरमा शंकास्पद कुनैपनि घाउ चोटपटक नदेखिएको पाईएको छ । होटेलमा साथीसँगै सुतेका भीमदत्त नगरपालिका–१ का किसन साउँद मृत फेला परेका थिए । प्रहरीका अनुसार उनीसँगै सुतेका साथी भारतिय युवक रहेको र अहिले अनुसन्धानको क्रममा रहेकाले उनको पहिचान गोप्य राखिएको जनाईएको छ ।
प्रहरीका अनुसार उनी लागुऔषध प्रयोगकर्ता रहेको र ओभरडोजका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको भएपनि घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । प्रहरीले अलिहेसम्म कसैलाई पनि पक्राउ नगरेका तर सुक्ष्म तवरले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । होटलको ६ नम्बर कोठामा उनी मृत फेला परेका थिए । उनिसँगै रहेका भातिय नागरिकले मृतक युवकका दाईलाई फोन घटनाको जानकारी दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.