महेन्द्रनगर । कञ्चनपुरमा डेंगु संक्रमण फैलिन थालेपछि रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियानको शुरुवात गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले शुक्रबारदेखि डेंगु रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान शुरुवात गरिएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिकासंगको समन्वयमा डेंगु रोग सार्ने लामखुट्टे लार्भ खोजी नष्ट गर्ने अभियान शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका औलो रोग प्रमुखशिद्धराज भट्टले जानकारी दिएका छन् । महामारी बिरुद्धमा सचेतना जगाउने उदेश्यले अभियान शुरुवात गरिएको उनले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रमा जनचेतनामुलक ¥याली गरेर सचेतना गराईएको छ ।
अहिले बिभिन्न सम्भावित क्षेत्र निर्धारण गरेर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियानको सुरुवात गरिएको र सबै स्थानिय जनताले आफै सचेत भएर यो रोग लाग्नबाट बच्न सकिने उनले बताए । जिल्लामा डेंगुका कारण एक जनाको मृत्युपनि भएको छ । बुधवार बेलौरी नगरपालिका–१० भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएका हो । अहिले पनि डेंगु सार्ने लामखुट्टे नष्ट नभएका कारणले सचेत सर्तक रहन जिल्ला अस्पतालका कञ्चनपुरका किटजन्य रोग सम्बन्धि स्रोत व्यक्ति तथा औलोरोग प्रमुख शिद्धराज भट्टले जानकारी दिएका छन् । सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंङ्गु नियन्त्रणको उपाय रहेको उनको भनाई रहेको छ । अहिले पनि जिल्लामा रहेका ९ वटा पालिकामा १ सय ४४ जनामा डेंङ्गु रोग देखा परेको छ ।
सबैभन्दा बढी डेंङ्गुका बिरामीहरु दोधारा चादनीमा रहेका छन् । उक्त पालिकामा ४९ जनामा डेंङ्गु पुसष्ट भएको छ । यसैगरि अन्य पालिकामा भीमदत्त नगरपालिकामा १८ जना, वेदकोट नगरपालिकामा १२ जना, शुक्लाफाँटामा ८ जना, कृष्णपुरमा ५ जनामा डेंङ्गु पुष्टि भएकोजिल्ला स्वास्थ्इ कार्यालकाय औलो रोग प्रमुख भट्टले जानकारी दिएका छन् । यसैगरी,पुर्नवास नगरपालिकामा ३४ जना, बेलौरी नगरपालिकामा १२ जना, लालझाडी गाँउपालीकामा २ जना, र बेलडाँडी गाँउपालिकामा ४ जनामा डेंङ्गु पुष्टि भएको छ ।
डेंङ्गुका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेंङ्गु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई–एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ ।
Comments are closed.