कञ्चनपुरमा बदेलको मासुसहित २ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा २ जना बदेलको मासुसहित पक्राउ परेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बदेलको मासुसहित पक्राउ परेका हुन् । पूर्व–पश्चिम राजमार्गको अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा चेकजाँचका क्रममा जंगली बदेलको मासुसहित २ जना पक्राउ परेका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरचना अधिकृत तथा सुचना अधिकारी मनोज ऐरका अनुसार कृष्णपुर नगरपालिका ४ बस्ने प्रकाशबहादुर देउवा र सोही नगरपालिका ५ बस्ने दलबहादुर देउवालाई पक्राउ गरिएको छ । प्रकाशलाई अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा सरकारी नम्बर प्लेटको म१ब४९४ नम्बरको मोटरसाइकलमा बदेलको मासुसहित पक्राउ गरिएको थियो । अनुसन्धान प्रभावित हुने भन्दै निकुञ्जले कर्मचारीको अन्य विवरण तथा बयान गोप्य राखेको छ ।

सम्बन्धित

Comments are closed.