महेन्द्रनगर । बैतडीमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका बैतडीमा पुरुषको भन्दा महिला मतदाता बढी रहेका छन् । १ लाख ५० हजार १५६ मतदाता मध्ये जिल्लाभरी ७५ हजार २७८ महिला, ७४ हजार ८०६ पुरुष र २ जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसरी हेर्दा पुरुष भन्दा ४७२ जना महिला मतदाता बढी रहेका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । जिल्लाका १० ओटा स्थानीय तहमध्ये ५ ओटामा महिला मतदाता बढी देखिएका छन् भने ५ ओटामा पुरुष मतदाता बढी देखिएका छन् । समग्र रुपमा पुरुषको भन्दा महिला मतदाता बढी रहेका जिल्ला निर्वाचन अधिकारी फँुयालले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका,मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा महिलाको तुलनामा पुरुष मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका ११ हजार ४०६ महिला मतदाता रहेका छन् भने ११ हजार २९६ पुरुष मतदाता रहेका छन् ।
पाटन नगरपालिकामा १० हजार २२ महिला मतदाता रहेका छन् भने ९ हजार ७७३ पुरुष मतदाता रहेका छन् । यसैगरी मेलौली नगरपालिकामा ६ हजार ९६२ महिला मतदाता, ६ हजार ६८१ पुरुष मतदाता र एक जना अन्य मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ५ हजार ७५५ महिला, ५ हजार ४१५ पुरुष र एकजना अन्य मतदाता रहेका छन् । शिवनाथ गाउँपालिकामा पनि पुरुषको तुलनामा महिला मतदाता बढी रहेका छन् । सो पालिकामा र ५ हजार ३७ महिला मतदाता र ४ हजार ८५९ पुरुष मतदाता रहेका छन् ।यस्तै पुर्चौंडी नगरपालिका महिला भन्दा एकजना बढी पुरुष मतदाता रहेका छन् ।
सो पालिकामा १० हजार ७४१ पुरुष र १० हजार ७४० महिला मतदाता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकामा ६ हजार ८०६ पुरुष र ६ हजार ४११ महिला मतदाता रहेका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा ७ हजार ४६२ पुरुष र ७ हजार २८२ महिला मतदाता रहेका छन् । जिल्लाको सिगास गाउँपालिकामा ६ हजार ११२ मतदाता रहेका छन् भने ६ हजार २१ महिला मतदाता रहेका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा ५ हजार ७३३ पुरुष र ५ हजार ६४१ महिला मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Comments are closed.