सरकारले रोक लगाएको प्लाष्टिका माला महेन्द्रनगरमा छ्यापछ्याप्ती

महेन्द्रनगर । सरकारले तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग तथा बिक्रि वितरण गर्नमा रोक लगाएको अवस्थामा भने, कञ्चनपुरका बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका मालाको खुलेआम कारोबार भई रहेको छ । नेपाल सरकारले राजपत्रमा सूचना निकालेर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएकाले चाडपर्वमा यस्ता प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न आग्रह गरेको हो । नेपाल सरकारले प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ । तर जिल्लामा भनेबजारमा जताततै प्लाष्टिकजन्य मालाको खुलेआम रुपमा बिक्री भईरहेको पाईएको छ ।

सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, माला लगायतको कारोबार नगर्न आग्रह गरेको छ । महेन्द्रनगरका पसलहरुमा तिहार र छठलाई लक्षित गरेर बजारमा प्लाष्टिकका मालाहरु मात्रै देख्न पाईन्छ । पुष्प व्यवसायी कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनक बहादुर सिंहले प्लाष्टिकको मालाले वातावरणमा पनि असर गनर्,े देशको लाखौ रुपैँया राजश्व अन्यत्र देशमा जाने भएकाले यस्तो खाले मालालाई प्रतिबन्ध गरिनुपर्ने बताए । उनीसहित अन्य ३ जनाले अहिले कञ्चनपुरको भीमदत्त १० तिल्केनीमा २ विगाह जग्गा भाडामा लिएर फूल खेती सञ्चालन गरेका गरेका छन् ।

तिहारमा दाजुभाईले लगाउने भनेको पुलको माला हो, प्लाष्टिकको माला भनेको हाम्रो रितिरिवाज र संस्कृतिसँग मेल नखाने भएकाले सबैले फुलको माला लगाउन उनले आग्रह गरे, हाम्रो पहिचान हाम्रो रितिरिवाज, संस्कृती भनेको पहिलेदेखी चाडपर्वमा फुलको माला लगाउने हो, तर पछिल्लो समय फुलहरुको उब्जनी कम हुँदै गएको बजारमा सहजै फुल नपाईने भएपछि प्लाष्टिको माला पनि लगाउने चलन रहेको भीमदत्त नगरपालिका ४ का गणेश भट्टले बताए । तर यो प्लाष्टिकको फुलले लाखौको रकम अन्य देशमा जाने भएकाले यो बन्द गरिनुपर्ने उनले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले नेपाल सरकारले राजपत्रमा सूचना निकालेर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएको अवस्थामा मञ्चनपुरमा पनि उक्त नियम ऐन कानुन लागुहुने बताए ।

वातावरणिय दृष्टिकोणले पनि प्रभावकारी नभएको र फुल माला मात्र नभएर प्लाष्टिजन्य झोला, अन्य कुराहरु पनि सरकारो मापददण्ड ऐन नियम अनुसार कडाईका साथमा अनुगमन गरी ऐन नियमभित्र लिएर कारवाही गरिने बताए । यस्मा प्रहरी प्रशासनले मात्र करवाही गर्ने नियन्त्रणमा लिने भन्दा पनि आम जनता उपभोक्ताहरुले पनि आफनो वातावरण स्वास्थ्यको बिचार गरेर सचेत हुनुपर्ने औँल्याए । यता भीमदत्त नगरपालिका ४ का व्यापारी हरी जोशीले सरकारका नियम समय समयमा फेरबदल भईरहने कतिबेला कस्तो किसिमको नियम हामी व्यापारािलई थाहा नै हुदैन अब यो चाडपर्वको समयमा यतीधेरै माला लिएर कारोबारगरिरहेकोबेलामाकसरीसबै मालाहरुलाई कोठा भित्रराखौ ? उनले भने, नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो ।

विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको पनि स्मरण गराएको छ । नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले जनाएको छ ।

सम्बन्धित

Comments are closed.