महेन्द्रनगरमा चाडपर्वमा भारतिय व्यापारीहरुको लाखौको कमाई
महेन्द्रनगर । खटिमाका व्यापारी ल्याकत अलिलाई सामान दिन भ्याईनभ्याई छ । महेन्द्रनगरको महेन्द्र स्मारिका नजिक उनले तिहार लक्षित सामग्रीको पसल खोलेका छन् । उनका भाईले पनि उनलाई सामान बिक्रि गर्न सघाईरहेका छन् सामान किन्न आउने उपभोक्ताको भिड बढेको छ । दुई भाई मिलेर सामान बिक्रि वितरणमा लागेका छन् । नेपाली हिन्दु धर्मालम्बीहरुको महान पर्व शुभ दिपावली अर्थात तिहारको चहलपहल बढेसँगै महेन्द्रनगर बजारमा भारतिय व्यापारीहरुले आफनो व्यापार व्यावसायी संचालनमा ल्याएका छन् ।
चाडपर्व नजिकिएसँगै महेन्द्रनगर बजारका गल्ली तथा महेन्द्र स्मारिका नजिक भारतिय व्यापारीहरुले संचालनमा ल्याएका अस्थायी पसलहरुमा यतिबेला स्थानियहरु तिहारको सामग्री खरिद गर्न पसलहरुमा लाम लागेका छन् । अहिले तिहारको समयमा दिप जलाउने माटाका पाला, भगवान अंकित फोटोहरु, तिहारका बेलामा घरलाई सजाउने सामग्रीहरु, मिठाईहरु लगायतका सामान अहिले निकै माग रहने भएकाले भारतबाट व्यापारीहरु आएर महेन्द्रनगरका बिभिन्न क्षेत्रमा पसल तथा व्यापार संचालनमा ल्याउने गर्दछन् । भारतको खटिमा बाट आफनो व्यापार लिएर महेन्द्रनगरको महेन्द्र स्मारिका नजिक व्यापार गरिरहेका दिनेश ठाकुरले वर्षैदेखी तिहार दशैँ छठ पर्वमा आफुले व्यापार गरिरहेको बताए ।
पहिला बुवाहरु पनि यो महेन्द्रनगर बजारमा व्यापार व्यवसायी गर्दै आएको र अहिले आफुले उक्त विरासत थामेर व्यापार गरिरहेको उनले बताए । तिहारमा चाहिने मिठाई,पूजाका सामग्री, लाईट, अन्य सजावटका सामग्री सहित अहिले भारतका बिभिन्न क्षेत्रबाट व्यापार गर्नका लागी आफुसँगै अन्य व्यापारीहरु पनि आएको उनले बताए । अहिले यो चाडपर्वको समयमा नेपाली दाजुभाईहरुले किन्ने भनेको लाईट, लक्ष्मी भगवानको अंकित फोटोहरु, मिठाईका परिकार, माटाका पालाहरु, घर सजाउन चाहिने सामग्री लिएर भारतबाट व्यापारको लागि आएको उनले बताए । हरेक वर्ष यसरी नै व्यापार गर्न भारतबाट आउने गरेको तर बिचमा कोरोनाका कारणले २ वर्ष व्यापार गर्न नआएको र अन्य हरेक वर्षमा व्यापार गर्न निरन्तर आएको अर्का भारतिय मुलका व्यापारी नजाकद हुसेनले बताए ।
उनले माटाबाट बनेका घर सजाउन प्रयोग गरिने माटाका गमला, भगवानका मुर्तीहरु, कप, प्लेटका आईटम बिक्रिको लागि ल्याएका छन् भन्सारमा बढी समस्या हुने गरेको उनले बताए । माटाका सामग्री भएपनि नेपालमा रहेको भन्सार कार्यालयमा बढी भन्सार तिर्नु परेको उनले बताए । अहिले दैनिक २० देखी ३० हजारको व्यापार गरिहेको र अन्य ठुला व्यपारीले एकैदिनमा लाखौको व्यापार पनि गरिरहेको उनले सुनाए । नेपालमा भन्दा भारतीय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य केही कम हुने भएकाले नेपाली ग्राहकहरु भारतिय बजार बनबासामा पुग्ने गरेका छन् । नेपाली बजारमा उपभोग्य वस्तुको मूल्यमा एकरुपतामा नभएको कारण पनि नेपाली ग्राहक भारतीय बजार पुग्ने गरेका छन् ।
हरेक पसलमा उपभोग्य वस्तुको मूल्य फरक –फरक हुनाले नेपाली ग्राहक भारतीय बजार पुग्ने गरेको स्थानिय मनिषा शाहले बताईन् । केही पैसा कम हुने भएकाले भारतिय बजारमा किनमेल गर्न जानेको पनि भिड हुने गरेको उनले बताईन । अहिले भारतबाट सामान आफनै नजिक बजारमा आएपछि किन्नेको भिड त लागि हाल्ने उनले सुनाइन । अहिले भारतिय व्यापारीहरुले खोलेका अस्थायी पसलले गर्दानेपाली बजारमा केही प्रतिशत व्यपार घटेको स्थानिय व्यापारी खेमबहादुर बोहराले बताए । सबै भारतिय पसलेहरुको किनमेल गर्न जान्छन हाम्रो पसलमा केही मात्रामा मात्रै उपभोक्ताहरु किनमेल गर्न आउने उनले बताए । यो चाडपर्वको बेलामात्रै यहाँबाट भारतिय व्यपारीहरुले लाखौ रुपैँया आफनो देशमा लैजाने गरेको उनले बताए ।
Comments are closed.