महेन्द्रनगर । कञ्चनपुरमा धानका बोरा ओसार्न सरकारी गाडी स्कारपियोको प्रयोग भएको पाईएको छ । आईतवार भीमदत्त नगरपालिका १८ मा रहेको एक मिलमा कुटानी पिसानीका लागि सरकारी सवारी साधन स्कारपियोमा हालेर धानका बोरा मिलमा लगिएको पाईएको हो । सुपप्र ००१ झ ३८१ नम्वरको स्कारपियोमा पछाडी धान राखेर मिलमा कुटानीको लागि लगिएको पाइएको हो । कञ्चनपुरमा सरकारी गाडीको चरम दुरुपयोग भएको पाईएको छ । सरकारी सेतो नम्बर प्लेटका गाडी बिहान बेलुकी निर्वाध रुपमा सञ्चालन हुदै आएका छन् । सरकारी गाडी घरायसी कामकाज देखि बिदा मनाउन र मलामी जान सम्म पनि सञ्चालन हुने गरेका छन् ।
सरकारी कार्यालयका कर्मचारीले गाडीको दुरुपयोग गर्ने गरेको स्थानियले बताएका छन् । कार्यालय समय भित्र कार्यालयको कामकाज गर्न सञ्चालन गर्नु पर्ने सरकारी गाडी कार्यालय समय अघिपछि सञ्चालनमा आउने गरेको पाईएको हो । सरकारी गाडी, मोटरसाईकल, स्कुटरको चरम दुरुपयोग हुने गरेको छ । भीमदत्त नगरपालिका ४ का स्थानिय महेस्वर खडकाले आफना छोराछोरीलाई विधालय पुगाउन, तरकारी खरिद गर्न, घुम्नजान बिभिन्न कामा प्रयोग गरेको आफैले देखेको बताए । यसरी सरकारी गाडीहरुको चरम दुरुपयोगले सरकारी रकमको दुरुपयोग गाडीकोदुरुपयोग भएको उनले बताए ।
कर्मचारीहरुले घर आउनजान समेत सरकारी गाडीको प्रयोग गरिरहेका छन् । सरकारी कार्यालयका कार्यालय सहयोगी देखि शाखा अधिकृतहरु सबैले सरकारी गाडीको दुरुपयोग गरि रहेको अर्का स्थानिय समाजसेवी प्रकाश भट्टले बताए र्। कसलाई भनेर के हुने हो ? उनले प्रश्न गरे, सबैको रजाई छ सरकारी बजेटमा सबैले लापरवाही गरेका छन् चरम दुरुपयोग गरेका छन् कस्ले सुनिदिने यो विषय ? कार्यालय सहयोगी, गाडी चालक, शाखा अधिकृतहरुले घर आउजाउ गर्न सेतो नम्बर प्लेटका गाडी प्रयोग गरि रहेका छन ।
बिहान बेलुकी घरायसी कामकाजमा समेत सरकारी मोटरसाईकल प्रयोग हुने गरेका छन’ । उनले भने, कञ्चनपुरमा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका मोटरसाइकलदेखि जिपसम्मका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको हो । शनिबार तथा सार्वजनिक विदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सरकारी सवारी साधन सञ्चालन गर्नुपर्ने नियम छ । तर, यहाँका कर्मचारी तथा जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन पनि सवारी साधन चलाएकोपाईएको छ । यसका साथै दुई जना क्षमता भएका मोटरसाइकलमा चार जना बोक्ने तथा जीप वा भ्यानमा समेत व्यक्तिगत तथा पारिवारिक कामकाजका लागि प्रयोग भएको पाइएको छ । दिएको जिम्मेवारीभन्दा व्यक्तिगत, व्यावसायिक कामका लागि सरकारी साधन प्रयोग भएपछि स्थानीय आक्रोसित भएका छन् ।
यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले सरकारी सवारी साधनहरु कार्यालय प्रयोजन बाहेकमा प्रयोग गर्न नपाईने बताएका छन् । यदी सरकारी सवारी साधनहरु व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पाईएमा सवारी साधनलाई नियन्त्रणमा मात्रै नलिएर सम्बन्धित व्यक्तिलाई पनि कारवाही गरिने बताए । आफुले जिल्लामा रहेकाकार्यालयप्रमुखहरुको बैठकमा पटकपटक यो विषयमा छलफल गरेको र कसैलेपनि कार्यालय प्रयोजन बाहेक अन्य समयमा सवारि साधन प्रयोग नगर्न निर्देशन दिएको बताए ।