शुक्लाफाँटामा गाईपुजा तथा सार्वजनिक सुनुवाई कार्यक्रम

शुक्लाफाँटा ९ मा गाईपुजा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा गाईपुजा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । शुक्लाफाँटा नगरपालिका द्वारा संचालित बिन्द्रावन सामुदायिक गाईगोरु व्यवस्थापन समितिको गत आर्थिक बर्ष को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने नगरपालिकाका बिभिन्न स्थान बाट छोडिएका छाडा गाईहरुको पुजा गर्दै गाइपुजा कार्यक्रम समेत गरिएको छ। शुक्लाफाँटा ९ को नौखरीमा रहेको आज मंगलबार बिहान गरिएको उक्त कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर को सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समुन्वय समिति कन्चनपुरका सभापति दुर्गा बोहरा रहनुभएको थियो भने बिशिस्ट अतिथिमा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा रहनुभएको थियो।गाई पूजनको कार्यक्रममा जिल्ला समुन्वय समितिका सभापति बोहरा तथा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराले संयुक्त रुपमा गाई को पुजागर्दै उद्घाटन गरेका थिए। बिन्द्रावन सामुदायिक गाईगोरु व्यवस्थापन समितिको गत आर्थिक बर्ष को प्रतिबेदन प्रस्तुत गर्दै वडा अध्यक्ष रमेश बहादुर ऐरले २०७७ श्रावण १२ गते शुक्लाफाटा नगरपालिकाको प्राङ्गण बाट २ सय ६३ वटा छाडा गाईगोरु लिएको र अहिले ४ सय वटा छाडा गाइगोरु उक्त गौशालामा रहेको उल्लेख गरेका छन्। ३० बिघा क्षेत्रफलमा छाडा पशु चौपाया लाई चरिचरण को लागि छुट्याइएको समेत जनाएका छन्। गौशालामा १२ जना गौशेवक रहेको र उनीहरु लाई मासिक रुपमा रु १४ हजारको हिसाबले पारिश्रमिक दिदै आएको समेत जनाएका छन्।
प्रतिबेदनमा उल्लेख गरे अनुसार बिन्द्रावन सामुदायिक पशु व्यवस्थापन स्थलमा हाल रहेका भौतिक संरचनाहरु
३ ओटा ट्रस्ट गौशालाहरु
३ ओटा पानि चारो खाने डुडहरु
एउटा पक्कि भवन
एउटा शौचालय
४ ओटा शोलर बत्ति
३ ओटा सडक बत्ति
२ ओटा स्यानो ट्युवेल
५ ओटा आर्टिजन नलहरु
एउटा पानी ट्याङ्गकी
१३ सय मिटर आर सी सी जाली
५ किलोमिटर काडे तार
एउटा फलामे गेट
कच्ची भान्सा १
गोलघर १ रहेको छ भने
त्यस्तै गत आर्थिक बर्ष शुक्लाफाटा नगरपालिका बाट अनुदान ४० लाख रुपैया प्राप्त गरेको छ भने
खर्च तर्फ १२ जना हेरालाहरुको पारिश्रमिक रु २० लाख १६ हजार पराल खरिद प्रति ट्राली रु ६५ सय को हिसाबले ९० ट्राली को रु ५ लाख ८५ हजार भूसा खरिद प्रति ट्राली रु ९ हजारका दरले १९ ट्राली को रु १ लाख ७१ हजार हेरालाको राशन प्रतिमहिना रु २१ हजारका दरले रु २ लाख ५२ हजार पशुहरुको औषधी,ब्रान,चारा खरिद रु १ लाख ९१ हजार १ सय २७ रुपैया काडेतार,टिन,घासको बिउ ,हेराला पोशाक आदि रु ३ लाख १२ हजार ३ सय २६ रुपैया पानी खुवाउने डुड,पानी ट्यांकी,अर्टिजन नल,गोल घर निर्माण लेवर मिस्त्री खर्च रु ४ लाख ४४ हजार ९ सय खाल्डा खुल्डी भरान तथा चारा ढुवानी एवं खनजोत को लागि टेक्टर भाडामा रु २७ हजार ६ सय ४७ रुपैया रहेको प्रतिबेदन सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समुन्वय समिति कन्चनपुरका सभापति दुर्गा बोहराले बिन्द्रावन सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन केन्द्र ले नाम जस्तै कार्य गर्न आग्रह गर्दै,गौमाताको बारेमा सबैले चिन्ता र चासोका रुपमा लिन समेत अपिल गरेका छन् । परापुर्व समय बाट चल्दै आएको मुल्य र मान्यता लाई अहिलेको पिडि ले अबमुल्यन गर्दै हिडेको हुदा सबैले त्यस्तो कार्य नगर्न तथा गाई गोरु लाई सडकमा छोड्ने प्रबिर्तिको अन्त्य गर्न सघाउन समेत अनुरोध गरे। गाई हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो। गाईले आमाले जस्तै माया दिने भएकाले ‘गौमाता’ समेत भनिन्छ । आमाले आफ्ना सन्तानलाई दूध खुवाए जस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको समेत बताए । गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन्। कृषियुग सुरु भएपछि कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादि दुवै रूपमा प्रयोग हुन थाल्यो । यस्तै प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो । अरू वस्तुको मूल्यांकन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो र सम्पत्तिकै रुपमा मान्ने समेत गरिन्थ्यो ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष उत्तरदेव भट्ट,वडा नम्बर ४ का वडा अध्यक्ष कमल ठकुल्ला,वडा नम्बर १० का वडा अध्यक्ष लाल बहादुर ऐर,वडा नम्बर ११ का वडा अध्यक्ष शेर बहादुर साउद,कार्यपालिका सदस्य,वडा सदस्य,ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख ज्ञानेन्द्र सिंह,शैलेस्वरि गण बनसमितिका प्रमुख अमर बहादुर ऐर,जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधि एवं पत्रकार तथा कार्यक्रममा स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.