स्वतन्त्र उम्मेदवार सिंहः राजनितीमा १० वर्ष मात्र सेवा गर्नुपर्छ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिहले राजनितीमा १० वर्ष सेवाभावले काम गर्नुपर्ने बताएका छन् शुक्लाफाँटा एफएमको बहुचर्चित रेडियो कार्यक्रम समय सन्दर्भमा उनले सत्तामा जानका लागि दलहरुले बिभिन्न गठबन्धन गर्ने,राजनितीलाईकमाई खानेपेशा बनाएरराज्यको ढुकुटी समाप्त पार्ने योजना रहेकोउनले बताए । नैतिकताका आधारमा पनि १० वर्ष पछि स्वतः छोडनुपर्ने उनले बताए ।

एजेण्डा एकातिर छ भने कुर्चीमा पुग्नका लागि गठबन्धन गरेर भएपनि सबै मिलेर भागबण्डा गरेर सत्तामा कब्जा जमाउने रणनिती रहेको उनले जिकिर गरे । उनी काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रेहका थिए । पार्टीमा त्याग तपस्या गर्ने योगदान गर्ने कार्यकर्ताहरुलाई पछाडी पारेर सधै उनै नेताहरुलाई फेरी पनि टिकट दिएर व्यावसायी मुखी बनाएर काम गर्ने योजना आफुलाईमन नपरेपछि स्वतन्त्र उम्मेदवारमा आएको उनले बताए ।

उनले भीमदत्त नगरपालिका २ मा सम्पर्क कार्यालय खोलेका छन् । नेपाली कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेर पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिंहले सरस्वती मा.वि नजिक दुर्गादेवी पन्तको घरमा निर्वाचनसम्पर्क कार्यालय खोलेका हु्न् । पन्त चार वर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मल पन्तकी आमा हुन् । पुतली चुनावी चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिहले चार वर्षपछि पन्तले न्याय नपाएकोमा चिन्ता व्यक्त गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.