वेदकोटमा सामुदायिक पशु व्यवस्थापनको बिधिवत उदघाटन

महेन्द्रनगर । वेदकोट नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनको कार्यको बिधिवत रुपमा मंगलवार उदघाटन गरेको छ । बेदकोट नगरपालिका ४ मा रहेको बाल ज्योती माबि नजिक बैतडामा रहेको १२ बिगाह जमिनमा भुमी पुजन गरी आज सामुदायिक पशुचौपाय व्यवस्थापन गर्ने कार्यको उदघाटन गरिएको हो । वेदकोट नगरपालिकाका उपप्रमुख तथा सामुदायिक पशुव्यवस्थापन संयोजक तुलसी जोशीले आफुले आम जनसमुदायसँग लक्ष्मी पुजाको दिनमा सामुदायिक पशुचौपायको व्यवस्थापन गरिने भनेर गरेको प्रतिबद्धता अनुसार नै आज भुमी पुजन सहित केही पशुचौपायहरुको पुजाआज गरे बिधीवत रुपमा पण्डितबाट सबै पुजा गराएर सामुदायिक पशु चौपायको व्यवस्थापन गर्ने योजनाको थालनी भएको बताउनु भयो ।

अहिले भौतिक संरचना निर्माण प्रक्रियामा जानका लागि केही समय लाग्ने त्यसको पनि केही दिन भित्रै प्रक्रिया बिधी पुय्राएर भौति कुंरचना निर्माणको थालनी गरिने उहाँले बताउनु भयो । अहिले बैजनाथ महिला बहुउदेस्य सहकारी संस्था,बालजार्गती मावी बिधालय व्यवस्थापन समिती, वेदकोट नगरपालिका, बैतडा सामुदायिक बनका पदाधिकारी सहितको व्यवस्थापन समिती पनि गठन गरिएको छ । सहकारीको तर्फबाट अध्यक्ष मञ्जुदेवी सिंह, उपाध्यक्षमा शंकरबहादुर चन्द, उपाध्यक्षमा सरस्वती चपाँई रहेका छन यसैगरी सदस्यमा बिधालय व्यवस्थापनका अध्यक्ष सुर्य भण्डारी, बैतडा सामुदायिक वनका अशोक चन्द, शिक्षिका माधवी चन्द, बिधुत सहकारीका कल्याण सिंह, बैतडा सामुदायिक वनका गजेन्द्र धामी,नमुना सहकारीबाट नन्दी बोहरा, मन्दिर व्यवस्थापनबाट पदमबहादुर चन्द, र आमा समुहबाट गिता लुहार रहेका छन् ।
सामुदायिक पशु व्यवस्थापनका लागि विगत ५ महिनादेखी तदारुकता देखाएर वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा उक्त कार्यले सार्थक्ता पाउने भएको छ ।सामुदायिक पशु चौपायाहरुको दिर्घकालिन समाधानका लागी विस्तृत योजना तयार गर्ने, कार्यदल निर्माण गर्ने, मस्यौदा समीती पनि निर्माण भई सकेको अवस्थामा वेदकोट नगरपालिकाले सामुदायिक पशु चौपायालाई व्यवस्थापन गर्न देखाएको तदारुकताले चौतर्फीरुपमा सकारात्मक परिणाम पाएको छ ।
अहिले भीमदत्त नगरपालिकामा रहेका सामुदायिक पशु व्यवस्थापनको पनि आफुहरुले व्यवस्थापन गर्नुपर्ने देखिएको अवस्थामा भीमदत्त नगरपालिकाले पनि समन्वय गरेर बजेटको सहयोग गर्ने भएपछि भीमदत्त नगरपालिकाको पशुचौपायालाई पनि आफुहरुले नै व्यवस्थापन गर्ने प्रतिवद्धता देखाएको वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले जानकारी दिनु भयो ।
आफनो यो योजना पछि गएर फितलो नहोस भनेर नै भीमदत्त नगरपालिकासँग मिलेर समन्वय गरेर नै कार्य गरिने उहाँको भनाई रहेको छ । तर भीमदत्त नगरपालिकाले गर्ने बजेट सहयोगमा अली केहीदिन ढिलाई भएकाले भौतिक संरचना लगायतका योजना निकट केहीदिन भित्रै थालनी गरिने भएको छ ।
वेदकोट नगरपालिकाले विभिन्न स्थानमा व्यवस्थीत पशु गौशाला सञ्चालन गरीरहेका योगी पिताम्बर नाथसँग समन्वय गरी छाडा चौपायालाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ भनेर पनि सल्लाह सुझाव लिएको थियो
यता, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले बिभिन्न ऐननियमले गर्दा कार्य अगाडी बढनको लागि समस्या भएको बताए । ‘चाँसो नदेखाएर होईन, यो सबै पालिकाको समस्या हो, हाम्रो मात्रै होईन, यस्मा चाँसो देखाईएको छ’ उनले भने, ‘तर अहिले काम गर्दा ऐन नियम कार्यबिधी लगायतका कुरा ध्यान दिनुपर्ने भएकाले बजेट सहयोग गर्न समस्या भएको हो’ ।

अर्काे पालिकामा सिधै बजेट सहयोग गर्न नमिल्ने भएकाले कसरी अबको प्रकृयालाई सहज गर्न सकिन्छ बजेट सहयोग गर्नको लागि आफुहरुले त्यो विषयमा पनि काम गरिरहेको उनले बताए । अब यो तिहार सकिएपछि त्यो समस्या को समाधान गरिने प्रमुख बोगटीको भनाई रहेको छ । प्रदेश सरकारले भीमदत्त नगरपालिकालाई डेढ करोड रुपैँया प्राङगारिक मल लगायतको लागि सहयोग गरेको रकमलाई पनि वेदकोट नगरपालिकालाई रकमान्तर गर्ने प्रक्रियामा छलफल भईरहेको छ ।
शुरुवाती चरणमा जग्गा पाउनका लागी ठुलो चुनौती रहेको अवस्थामा वेदकोट नगरपालिका ४ मा रहेको वालज्योती विधालयका व्यवस्थापन समितीले १२ विगाह जमिन उपलब्ध गराउने निर्णय भएपछि अहिले उक्त ठाँउमा विजुली बत्ती, पानी बित्तिय व्यवस्थापन आहरा व्यवस्थापन लगायतको अहिले पनि समस्या भएको छ ।
छाडा पशु चौपायाले किसानहरुको बाली नाली समेत खाने गरेका कारण सबैभन्दा बढी मर्कामा किसानहरु रहेका छन । काट्न तयार अवस्थामा रहेका बालीनाली तथा हुुर्कन लागेका बोटविरुवाहरु खान थालेपछि आजित बनेका किसानहरु अहिले रातीको समयमा जाग्रम बसेर छाडा चौपाया धपाउने काम गर्दछन । विकराल रुपमा देखिएको छाडा चौपायाको व्यवस्थापनका लागी यसअघि नगरपालिकाले लाखौ बजेट विनियोजन गरेको भएपनि समस्या समाधान हुन सकेको छैन । साथै दैनिक पशुचौपायासँग ठोक्किएर धेरै सवारी साधनहरु दुर्घटनामा परिरहेका छन् ।

सम्बन्धित

Comments are closed.