महेन्द्रनगर । कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्वर २ मा रहेका मतदान स्थलहरु मतगणना स्थलहरुको अनुगमन गरिएको छ । मंसिर ४ मा हुनगईरहेको प्रदेश तथा प्रतिनिधि सभाको लागि जिल्लामा रहेका मतदान स्थल र मत दिए पश्चात गणनाका लािग उपयुक्त हुने ठाँउको अनुगमन गरिएको हो ।
मतदान पश्चात् मतगणना गर्नको लागि शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा संयुक्त अनुगमन गरिएको हो । आईतवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु पलिकाका प्रमुख उपप्रमुख पत्रकारहरुको संयुक्त टोलिले अनुगमन गरेको छ । शुक्लाफाँटा नगरपालिका १० मा रहेको नगरपालिकाको नयाँ भवन र शुक्लाफाँटा नगरपालिका ४ मा रहेको कालिका मावी गरी २ वटा ठाँउमा अनुगमन गरिएको नगर प्रमुख रणबहादुर महराले बताएका छन् । मंसिर ४ गते हुने चुनाव पश्चात गरिनेमत गणनाको लागि सुरक्षित ठाँउ हुनुपर्ने सुरक्षाको हिशावले पनि उपयुक्त हुनुपर्ने लगायतका मापदण्ड अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल,शुक्लाफाटा नगरपालिकाका प्रमुख रण बहादुर महरा,उपप्रमुख कल्पना जोशी (पन्त), सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त टोलिले अनुगमन गरेको उनले बताए ।
‘आईतवार गरिएको अनुगमनका अनुसार सुरक्षाका दृष्टिकोणले शुक्लाफाँटा नगरपालिका ४ मा रहेको कालिका मावी उपयुक्त देखिएको छ’ उनले भने, ‘किन भने चारैतर्फ रहेको पर्खालले गर्दा सुरक्षामा पनि सजिलो हुने भएकोले मैले उक्त ठाँउ सुरक्षित देखेको छु अब सुरक्षाका निकायको वैठकले कहाँ भन्छ त्यही अनुसार व्यवस्थापन गरिने छ’ । मंसिरमा हुन गईरहेको चुनाव शान्तीपूर्णमा सम्पन्न गर्नका लागी आफुले सहयोग गर्ने र शान्तीपूर्णरुपमा मतदान सम्पन्न होस भन्ने आशा रहेको उनले बताए । यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले निर्वाचन क्षेत्र नम्वर २ मा रहेको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा रहेका मतदान श्थल, मतगणना गर्न उपयुक्त ठाँउको अनुगमन गरिएको बताए ।
मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधी सभाको चुनावका लागि रहेका मतदानस्थल र मतगणनाको आवस्यक पर्ने ठाँउहरुको अनुगमन गरिएको र सुरक्षाको हिशावले र शान्ती पूर्णरुपमा चुनाव सम्पन्न गर्नका लागि आज ति क्षेत्रहरुमा संयुक्त अनुगमन गरिएको बताए । आजको अनुगमनले शुक्लाफाँटामा मत गणना गर्नको लागि कालिका मावी उपयुक्त रहेको बताए पनि अहिले उक्त ठाँउ अन्तिम नभएको र चारै तर्फ घेर पर्खाल भएकाले सुरक्षाको दृष्टिकोणले पनि ठिक रहेको उनले बताए । मंसिर ४ को निर्वाचन भन्दा अगाढी जिल्लामा रहेका सबै मतदान स्थलमा अनुगमन गरिने र सुरक्षाको अवस्था कस्तो रहेको छ भनेरपनि अनुगान गरिरहेको प्रमुख जिल्ला अधिकारी अर्याले जानकारी दिए ।
कञ्चनपुरमा कायम भएको १ सय ३२ मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदान स्थल सामान्य रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यो जिल्लामा ३ सय ४६ वटा मतदान केन्द्र छन् तीमध्ये १ सय ८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख उदयराज जोशीले जानकारी दिएका छन् । १ हजार मतदाता रहेको क्षेत्रमा १ मतदान केन्द्र बनाउनुपर्ने नियम रहेको उनले बताए ।
मतदान केन्द्र र मतदान स्थलमा म्यादी, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र नेपाली सेनालाई खटाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पहिलो घेरामा प्रहरी र म्यादी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा अनुसन्धान कर्मचारी र चौथो घेरामा नेपाली सेना खटिनेछ । ‘भौगोलिक दुरी, सडकहरुको कनेक्सन र सुरक्षाको हिसाबले मतदान स्थलहरुलाई विभाजन गरिएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमध्ये ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय ४ संवेदनशील छन् । यस्तै ४०५ मतदान स्थल भौगोलिक तथा सुरक्षाका हिसाबले सामान्य अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Comments are closed.