कञ्चनपुरमा सवारीसाधनका लागि पार्किङको समस्या
महेन्द्रनगर । कञ्चनपुरमा सवारीसाधनहरुका लागि पार्किङ गर्न उचित ठाँउ, सुविधा नहुँदा सवारिसाधनहरु लाई सडकमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । कञ्चनपुरका प्रमुख बजार क्षेत्रहरुमा प्रयाप्त ठाँउ नहुँदा सवारी साधनहरुलाई पार्किङ गर्न समस्या भएको हो । कञ्चनपुरको भीमदत्त नगर पालिका ४ मा रहेको महेन्द्रनगर बजार, दैजी, झलारी, कृष्णपुर, बेलौरीलगायत अन्य क्षेत्रहरुमा सवारी साधनहरुलाई पार्किङ गर्नका लािग प्रयाप्त ठाँउ नहुँदा अहिले सडकमा सवारीसाधन पार्किङ गरिदिनाले दुर्घटनाको जोखिम पनि बढदै गएको पाईएको छ । भीमदत्त नगरपालिका ४ मा रहेको महेन्द्रनगर बजारका गल्लीमा पनि उचित पार्किङ गर्ने ठाँउ नहुँदा आम जनता,उपभोक्ताहरुले अहिले आफनो सवारीसाधनहरु सडकमा पार्किङ गरिदिनाले दुर्घटनाको जोखिम बढेको स्थानियहरुले गुनाशो गरेका छन् ।
सबै भन्दा बढी पार्किङको जोखिम गल्ली नम्वर १, ३, र ५ मा रहेको स्थानिय गणेश भट्टले बताए । ३ नाम्वर गल्लीमा बैँकहरु भएकाले पनि दिउँसोको समयमा सवारिसाधनहरुलाई सडकमा पार्किङ गरिदिनाले पनि सडक साँघुरो हुने र अन्य सवारीसाधनहरु, पैदल यात्रुहरुलाई पनि आवतजावत गर्नमा समस्या हुने र दुर्घटनाको जोखिम पनि बढने देखिएको उनले बताए । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजारमा अहिले जनसंख्या बढेसँगै सावरीसाधनहरुको चाप पनि बढेको अवस्थामा सडक चौडा नपारि दिँदा तथा पार्किङको लागि उचित ठाँउ नहुँदा समस्या भएको अर्का स्थानिय भुपेन्द्र बडुले बताए । अहिले सवारीसाधनहरु पनि बढदै गए पहिलेको तुलनामा उक्त सडकमा मोटरसार्यकल, अटो, साईकल पैदलयात्रु सबैले हिँडनुपर्ने भएकालेपनि दुर्घटनाको जोखिम बढेको उनले बताए ।
यता जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले महेन्द्रनगर बजारका गल्लीहरुको पछाडी रहेको खाली ठाँउमा पार्किङको लागि ठाँउ रहेको भएपनि आम जनता उपभोक्ताहरुले उक्त ठाँउको प्रयोग नगरिदिनाले समस्या भएको बताए । आफुले वैठकमा भीमदत्त नगरपालिकासँग पनि सहकार्यकालागि आग्रह गरेको र गल्ली पछाडी रहेको खाली ठाँउमा पार्किङको सुविधाको व्यवस्था मिलाई दिन आग्रह गरेको बताए । साथै नगरपालिकाका बिभिन्न क्षेत्रमा सडक चौडा पार्ने निर्माणका योजनामा कार्य भईरहेकाले सडक चौडा भएपछि पार्किङको समस्या समाधान हुने उनले बताए बताए ।