महेन्द्रनगर । नेता कार्यकर्ता तथा उम्मेदवारहरुलाई चुनावी रन्को लागि रहेको छ तर, तिनै नेता,तथा उम्मदवारलाई भोट दिएर देशका मन्त्री, सांसद बनाएर नेतृत्व तहमा पुय्राउने आम जनताको दुख भने जस्ताको त्यस्तै रहेको पाईएको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–११ स्थित बनहरा सिगास टोलमा बनहरा नदी छेउमा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई जुनसुकै दलको सरकार आएपनि हर्ष छैन् ।
विगत १७ वर्षदेखी बनहरा नदी छेउमा बाढी सँग, जंगली जनावरसँग जुझदै आफनो जिवन मरणको दोसाधमा रहेका उनिहरुको एउटै माग रहेको छ, त्यो हो सुरक्षित आवास मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधीसभाको निर्वाचनमा सुरक्षित आवासको व्यवस्था जस्ले गर्दछ उसैलाई मत दिने योजना रहेको बनहरा सिगास टोलका अगुवा तथा जेष्ठ नागरिक दलबहादुर बोहराले बताए । ‘अहिलेपनि धेरै नेता कार्यकताहरु उम्मेदवारहरु आएर भेटेर जान काथालेका छन तर सबैलाई हाम्रो एउटै माग रहेको छ, सुरक्षित आवासको’ उनले भने, ‘सुरक्षित आवास भयो भने, पेट भर्नका लागि सबै मजदुरी लेबरी गरेर पेट भरिरहेका छौ, तर सुरक्षित रहन आवासको व्यवस्था भयो भने उसैलाई मत दिएर विजयी गराउने योजना रहेको छ’ ।
अघिल्लो स्थानिय चुनावमा पनि आएका थिए नेताहरु जितेर गएपछि मुख पनि देख्न पाएका छैनौ, डडेल्धुरा आलितालबाट आएका मानबहादुर बोहराले भने, ‘यही राजमार्ग भएर नेताहरु गाडीमा चढेर जान्छन तर हाम्रो समस्या देख्दैनन आफनो जित र भोट मात्रै देख्छन्’। हरेक वर्ष नदीमा आएको बाढी र डुबानले घर छोडेर उँचो भागमा गएर ज्यान जोगाउनु पर्ने अवस्था आउने बोहोराले बताए । गएको वर्षामा आएको बाढीले सबैले भागेर आफनो ज्यान जोगाए, हरेक वर्ष बाढीले सास्ती हुन्छ, छानाबाट पानी चुहिन्छ, सर्पकिराको डर त्यत्तिकै हुन्छ,’ उनले भने, ‘रोजगारी छैन, खानबस्नको दुःख छ ।’
तर नेताहरुले समस्या समाधानमा खासै चाँसोदेखाएका छैनन उनलेभने । यस क्षेत्रमा जंगली जनावरले पनि उत्तिकै दुःख दिँदै आएको उनले बताए । ‘हात्ती आउँछ, बाघको डर उस्तै छ,’ बोहोराले भने, ‘बाघ र हात्तीका कारण धेरै दिन घर छोडेर भागेका पनि छौँ ।’ ६९ वर्षीय मथुरादेवी सार्कीले जग्गा नहुँदा खान लगाउन समस्या हुँदै आएको बताइन् । ‘कमाउने कोही छैन, पैसा नहुँदा किनेर खाने अवस्था पनि छैन,’ उनले भनिन्, ‘जग्गा भए जसोतसो खेती गरेर खान सकिन्थ्यो कि !’ यस क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनका लागि गाँस, बास र कपासको दुःख रहेको उनको भनाइ छ । ‘अरु बेला त ठिकै छ, बर्खामा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘न घर सुरक्षित हुन्छ, न पेट भर्ने मेलो हुन्छ ।
’सरकारले नदी तटबन्धको व्यवस्थापन गरिदिए मात्र पनि बाढी र डुबानको चिन्ताबाट मुक्त हुन सकिने उनको भनाइ छ । ४० वर्षीय पार्वती बोहोराले आयआर्जन र सुरक्षित बसोबासको व्यवस्था नभएको बताइन् । ‘छोराछोरीलाई राम्रोसँग पढाउने पैसा छैन,’ उनले भनिन्, ‘जसोतसो गरी स्कुल पठाउने गरेकी छु । घर पनि दिगो र सुरक्षित छैन । बर्खामा त बाढीले लैजाने डर हुन्छ ।’ अहिले उक्त शिविरमा २०६२ सालदेखि डडेल्धुरा, अछाम बझाङ, बाजुरा, दार्चुला, बैतडी लगायतका क्षेत्रबाट विभिन्न कारणले बिस्थापित भएका २८ घरधरीमा ७० देखी जना रहेका छन् ।
Comments are closed.